धनकुटामा ६० वर्ष पुरानो फोटो प्रदर्शन « Khabarhub

धनकुटामा ६० वर्ष पुरानो फोटो प्रदर्शन


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धनकुटा– साठ्ठी वर्षअघि विदेशी फोटोग्राफरले खिचेका धनकुटाका पुराना तस्बिर प्रदर्शनी गरिएको छ । पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सवमा आज सुरु भएको फोटो पत्रकार महासङ्घ धनकुटाले उक्त तस्बिर प्रदर्शनीमा राखेको हो ।

प्रदर्शनीमा नौ विदेशी नागरिकले विसं २०१९ देखि २०२९ सम्म खिचेका ५२ पुराना तस्बिर र धनकुटाका पर्यटकीय गन्तव्यसहित एक सय चार तस्बिर प्रदर्शनीमा राखिएको छ । विदेशी नागरिक ब्राइन कोक, जे क्रस, पिटर भोन मेर्टेन्स, बिल हेन्सन, रिच फ्यू, बव निकोलस, जेम्स स्कोट, भोन मेर्टेन्सडान प्रिसका तस्बिर प्रदर्शनीमा राखिएको हो । ती तस्बिर धनकुटा नगरपालिका–७ का फोटो संकलक सुरेन्द्र आठपहरियाले संकलन गरेका हुन् ।

ती तस्बिरसहित धनकुटा जिल्लाका ८९ महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको तस्बिर प्रदर्शनीमा राखिएको महासङ्घ शाखाका अध्यक्ष कविराज घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : २६ बजे

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१

भोटेकोशी बाढीः १३ सय ९५ शव फेला : पाँच हजार अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६