धनकुटामा ६० वर्ष पुरानो फोटो प्रदर्शन « Khabarhub

धनकुटामा ६० वर्ष पुरानो फोटो प्रदर्शन


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धनकुटा– साठ्ठी वर्षअघि विदेशी फोटोग्राफरले खिचेका धनकुटाका पुराना तस्बिर प्रदर्शनी गरिएको छ । पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सवमा आज सुरु भएको फोटो पत्रकार महासङ्घ धनकुटाले उक्त तस्बिर प्रदर्शनीमा राखेको हो ।

प्रदर्शनीमा नौ विदेशी नागरिकले विसं २०१९ देखि २०२९ सम्म खिचेका ५२ पुराना तस्बिर र धनकुटाका पर्यटकीय गन्तव्यसहित एक सय चार तस्बिर प्रदर्शनीमा राखिएको छ । विदेशी नागरिक ब्राइन कोक, जे क्रस, पिटर भोन मेर्टेन्स, बिल हेन्सन, रिच फ्यू, बव निकोलस, जेम्स स्कोट, भोन मेर्टेन्स र डान प्रिसका तस्बिर प्रदर्शनीमा राखिएको हो । ती तस्बिर धनकुटा नगरपालिका–७ का फोटो संकलक सुरेन्द्र आठपहरियाले संकलन गरेका हुन् ।

ती तस्बिरसहित धनकुटा जिल्लाका ८९ महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको तस्बिर प्रदर्शनीमा राखिएको महासङ्घ शाखाका अध्यक्ष कविराज घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : २६ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६