जिहादी समूहको आक्रमणमा १८ जनाको मृत्यु « Khabarhub

जिहादी समूहको आक्रमणमा १८ जनाको मृत्यु


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बुर्किना फासोमा संदिग्ध जिहादी समूहको दुई भिन्नाभिन्नै आक्रमणमा परी सेनालाई सहयोग गर्ने १६ सहयोगीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सुरक्षा स्रोतले शुक्रबार जनाएको छ ।

देशको उत्तर र उत्तरपश्चिममा बिहीबार भएको आक्रमण जिहादीविरुद्ध सात वर्षसम्म चलेको लडाइँमा सेनालाई सहयोग गर्ने एक नागरिक बलमाथि भएको पछिल्लो आक्रमण हो ।पश्चिम अफ्रिकाको भूपरिवेष्ठित बुर्किना फासो विश्वको सबैभन्दा गरिब र सुरक्षाका हिसाबले विश्वको अस्थिर राष्ट्रमध्ये एक हो ।

बुर्किना फासो सन् २०१५ देखि अलकायदा र इस्लामिक स्टेट समूहसँग सम्बद्ध जिहादीहरूको नेतृत्वमा भएको विद्रोहसँग जुधिरहेको छ । द्वन्द्वका कारण दशौं हजारको मृत्यु भएको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् ।

उत्तरी प्रान्त बामाको राकोएगटेंगामा रहेको ‘भोलेन्टियर्स फर द डिफेन्स अफ द फादरल्याण्ड (भीडीपी)’ को अग्रदस्ता लक्षित गरी बिहीबारको पहिलो आक्रमण भएको भीडीपीका एक अधिकारीले बताएका छन् ।

आक्रमणमा परी छ नागरिक सहयोगी र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार उक्त घटनामा करिब १० जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ र उनीहरूलाई उचित हेरचाहका लागि वागादुगु लगिएको छ ।

उहाँले भन्नुभयो, “दोस्रो आक्रमणमा उत्तरपश्चिमको नायला प्रान्तमा सहायक र सैनिकहरूको सुरक्षामा रहेको एक काफिलालाई सिएना–सरन सडकमा लुकिछिपी आक्रमण गर्दा करिब १० सहयोगी र अन्य एक व्यक्तिको मृत्यु भएको छ ।

सुरक्षा स्रोतहरूले दुई ‘जिहादी आक्रमण’ को पुष्टि गरेका छन् तर मृत्यु हुनेहरूको एकीन सङ्ख्या भने दिएका छैनन् । आक्रमणमा केवल ‘धेरै क्षति’ भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ०० बजे

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका