जिहादी समूहको आक्रमणमा १८ जनाको मृत्यु « Khabarhub

जिहादी समूहको आक्रमणमा १८ जनाको मृत्यु


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बुर्किना फासोमा संदिग्ध जिहादी समूहको दुई भिन्नाभिन्नै आक्रमणमा परी सेनालाई सहयोग गर्ने १६ सहयोगीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सुरक्षा स्रोतले शुक्रबार जनाएको छ ।

देशको उत्तर र उत्तरपश्चिममा बिहीबार भएको आक्रमण जिहादीविरुद्ध सात वर्षसम्म चलेको लडाइँमा सेनालाई सहयोग गर्ने एक नागरिक बलमाथि भएको पछिल्लो आक्रमण हो ।पश्चिम अफ्रिकाको भूपरिवेष्ठित बुर्किना फासो विश्वको सबैभन्दा गरिब र सुरक्षाका हिसाबले विश्वको अस्थिर राष्ट्रमध्ये एक हो ।

बुर्किना फासो सन् २०१५ देखि अलकायदा र इस्लामिक स्टेट समूहसँग सम्बद्ध जिहादीहरूको नेतृत्वमा भएको विद्रोहसँग जुधिरहेको छ । द्वन्द्वका कारण दशौं हजारको मृत्यु भएको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् ।

उत्तरी प्रान्त बामाको राकोएगटेंगामा रहेको ‘भोलेन्टियर्स फर द डिफेन्स अफ द फादरल्याण्ड (भीडीपी)’ को अग्रदस्ता लक्षित गरी बिहीबारको पहिलो आक्रमण भएको भीडीपीका एक अधिकारीले बताएका छन् ।

आक्रमणमा परी छ नागरिक सहयोगी र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार उक्त घटनामा करिब १० जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ र उनीहरूलाई उचित हेरचाहका लागि वागादुगु लगिएको छ ।

उहाँले भन्नुभयो, “दोस्रो आक्रमणमा उत्तरपश्चिमको नायला प्रान्तमा सहायक र सैनिकहरूको सुरक्षामा रहेको एक काफिलालाई सिएना–सरन सडकमा लुकिछिपी आक्रमण गर्दा करिब १० सहयोगी र अन्य एक व्यक्तिको मृत्यु भएको छ ।

सुरक्षा स्रोतहरूले दुई ‘जिहादी आक्रमण’ को पुष्टि गरेका छन् तर मृत्यु हुनेहरूको एकीन सङ्ख्या भने दिएका छैनन् । आक्रमणमा केवल ‘धेरै क्षति’ भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ०० बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी