हवाई सुरक्षाको बारेमा अध्ययन गर्न इयूको टोली तत्काल नेपाल नआउने | Khabarhub Khabarhub

हवाई सुरक्षाको बारेमा अध्ययन गर्न इयूको टोली तत्काल नेपाल नआउने


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नेपालको उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्याङ्कन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली सङ्घ (इयू)को टोलीको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । इयूको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि इयूका राजदूत नोना डेप्रेजले आज संयुक्त विज्ञप्ति जारी गर्दै इयूको अनसाइट मूल्याङ्कन तत्कालका लागि रोकिएको जनाएको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार यती एयरलाइन्सको यही माग १ गते पोखरामा भएको दुर्घटना जाँच आयोगको काममा प्राधिकरणको जनशक्ति खटिनुपर्ने भएकाले आपसी सहमतिमा तत्कालका लागि इयूको नेपाल भ्रमण स्थगित भएको हो ।

यसअघि गत अक्टोबारमा इयूको एक टोलीले नेपालको उड्डयन सुरक्षाबारे अध्ययन गर्दै उडान सुरक्षामा उल्लेख्य प्रगति भएको निष्कर्ष निकालेको थियो । छुट्टै टोलीलाई स्थलगतरुपमै खटाएर अध्ययन गराउने निर्णयका साथ उक्त टोली फर्किएको थियो । उड्डयन सुरक्षका लागि इयूले नेपाललाई निरन्तर सहयोग जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१३ देखि इयूले नेपाललाई सुरक्षासूचीमा राखेको छ । उक्त सूचीबाट हटाउन नेपालले विभिन्न प्रयास गर्दै आएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले हालै गरेको अडिटमा नेपालको हवाई सुरक्षा परिपालनादर ७० दशमलव एक प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ०८ बजे

राजावादीको प्रदर्शन, गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नारा

काठमाडौं– शाही युवा शक्ति नेपाल केन्द्रिय समितिले ‘जेन-जी पुस्ता जनता

३५ वर्षयता नेपालको कूटनीति : ३० मध्ये एक जना मात्रै विषय विज्ञ परराष्ट्रमन्त्री

काठमाडौं– नेपालको कूटनीति क्षेत्रको अपरिपक्वता र खेलाँची ३५ वर्षयता नियुक्त

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

एजेन्सी– निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।