हवाई सुरक्षाको बारेमा अध्ययन गर्न इयूको टोली तत्काल नेपाल नआउने « Khabarhub

हवाई सुरक्षाको बारेमा अध्ययन गर्न इयूको टोली तत्काल नेपाल नआउने


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नेपालको उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्याङ्कन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली सङ्घ (इयू)को टोलीको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । इयूको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि इयूका राजदूत नोना डेप्रेजले आज संयुक्त विज्ञप्ति जारी गर्दै इयूको अनसाइट मूल्याङ्कन तत्कालका लागि रोकिएको जनाएको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार यती एयरलाइन्सको यही माग १ गते पोखरामा भएको दुर्घटना जाँच आयोगको काममा प्राधिकरणको जनशक्ति खटिनुपर्ने भएकाले आपसी सहमतिमा तत्कालका लागि इयूको नेपाल भ्रमण स्थगित भएको हो ।

यसअघि गत अक्टोबारमा इयूको एक टोलीले नेपालको उड्डयन सुरक्षाबारे अध्ययन गर्दै उडान सुरक्षामा उल्लेख्य प्रगति भएको निष्कर्ष निकालेको थियो । छुट्टै टोलीलाई स्थलगतरुपमै खटाएर अध्ययन गराउने निर्णयका साथ उक्त टोली फर्किएको थियो । उड्डयन सुरक्षका लागि इयूले नेपाललाई निरन्तर सहयोग जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१३ देखि इयूले नेपाललाई सुरक्षासूचीमा राखेको छ । उक्त सूचीबाट हटाउन नेपालले विभिन्न प्रयास गर्दै आएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले हालै गरेको अडिटमा नेपालको हवाई सुरक्षा परिपालनादर ७० दशमलव एक प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ०८ बजे

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित