गुल्मीमा सुकुम्वासीलाई निस्सा प्रदान सुरु « Khabarhub

गुल्मीमा सुकुम्वासीलाई निस्सा प्रदान सुरु


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तम्घास – गुल्मीमा सुकुम्वासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले जिल्लामा पहिलो पटक रुरु क्षेत्र गाउँपालिकाका एक सय ५८ लाभग्राहीलाई आज निस्सा प्रदान गरेको हो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने क्रममा पहिलो प्रमाणका लागि निस्सा प्रदान गरिएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेले जानकारी दिए । उनका अनुसार निस्सा पाएका लाभग्राहीको अब जग्गा नाप जाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपूर्जा वितरण हुन्छ । उक्त लाभग्राहीको यसअघि लगत सङ्कलन गरिएको थियो ।

रुरु क्षेत्र गाउँपालिकाको केन्द्र बलेटक्सार लाभग्राहीलाई निस्सा प्रदान गर्दै राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राम मल्ल ठकुरीले जग्गाविहिनलाई जग्गा मालिक बनाउन लागिएको बताए । “गुल्मीमा हामीले लालपूर्जा वितरणको लागि तीव्र रुपमा काम गरेका छौँ”, ठकुरीले भने, “पहिलो चरणको काम सुरु गरेर प्रमाण दिएका छौँ ।” उनका अनुसार गुल्मीका चार पालिकामा पनि लगत्तै निस्सा प्रदान गरिँदैछ । जिल्लाको मुसिकोट नगरपालिका, धुर्कोट, चन्द्रकोट र मदाने गाउँपालिकाका लाभग्राहीलाई निस्सा प्रदान गर्ने तयारी छ ।

रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीसँगको निरन्तर सहजीकरणले निस्सा प्राप्त गर्न सकिएको बताए । “निस्सा प्रदानले जग्गा विहिनलाई राहत महसुस भएको छ”, अध्यक्ष ज्ञवालीले भने, “लालपूर्जा प्राप्ति गर्न साझा ढङ्गले काम गर्छौँ ।” गुल्मीमा दुई हजार एक सय ४७ घर परिवारको लगत सङ्कलन गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : ३४ बजे

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने

कांग्रेसमा वरिष्ठसहित चार उपसभापति रहने, एक महिला अनिवार्य

काठमाडौं– नेपाली कांग्रेसमा अब एक वरिष्ठ उपसभापति सहित चार जना

कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीको विधान संशोधनमा अब तीनजना महामन्त्री

फलाखु खोलामा बेलीब्रिज जडान सुरु, दसैँअघि नै सञ्चालनमा ल्याउने

त्रिशूली– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास