भारतीय सेनाले सिरियाको अलेप्पोमा पुर्‍यायो सहायता सामग्री « Khabarhub

भारतीय सेनाले सिरियाको अलेप्पोमा पुर्‍यायो सहायता सामग्री


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेनाले भूकम्प प्रभावित सिरियाको अलेप्पो सहरमा सहायता सामग्री पुर्‍याएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको शान्ति नियोग हतियाररहित पर्यवेक्षक बल (यूएनडीओएफ) मा तैनाथ भारतीय सुरक्षाकर्मीले सिरियाको अलेप्पो सहरमा सहायता सामग्री पुर्‍याएका हुन् ।

भारतीय सेनाले खाद्यान्न, औषधिसम्मिलित सहायता सामग्री अलेप्पो पुर्‍याएको भारतीय सेनाको जनसूचना निर्देशनालयले जनाएको छ । लामो समयदेखि गृहयुद्धको चपेटामा परेको सिरियामा भूकम्पले ठूलो विनाश निम्त्याएको बताइन्छ ।

भारत सरकारले भूकम्पबाट प्रभावित टर्की र सिरियामा ‘अपरेसन दोस्त’ का नामबाट सहायता सामग्री सहयोग गर्दै आएको छ ।

गत फेब्रुअरी ६ का दिन टर्की र सिरियामा गएको भूकम्पका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४६ हजार नाघिसकेको छ भने अरु हजारौँ घाइते भएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ६ : ४१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको