मौसम परिवर्तनसँगै छालाको एलर्जी | Khabarhub Khabarhub

मौसम परिवर्तनसँगै छालाको एलर्जी

एलर्जीको फोका दीर्घकालसम्म रहे क्यान्सरको खतरा



माघ महिनाको मध्य जाडोलाई छोडेर हामी विस्तारै फागुन मध्यमा पुग्दा गर्मीतर्फ जादैछौँ। यो मौसममा धेरै मानिसमा एलर्जीको समस्या हुने गरेको पाइन्छ। त्यसैले यो मौसममा छालामा के कस्ता समस्या देखा पर्न सक्छन् ? यस्तो मौसममाा छालालाई कसरी हेरचाह गर्न सकिन्छ ? छालाको हेरचाहमा ध्यान दिनैपर्ने विषय के के हुन्। यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

यो मौसममा हुने एलर्जीको समस्यालाई कसरी बुझ्ने ?
यो वातावरण परिवर्तन हुने मौसम हो। यो समयमा एलर्जीको समस्या देखिन सक्छ। यो समयमा विभिन्न खालको फ्लु, रुघाखोकी लाग्ने हुन्छ। यसबाहेक छालामा विभिन्न प्रकारका एलर्जी देखिन सक्छन्। यसको कारक मौसमको परिवर्तन र हावामा भएका धुलाको कणहरू हुन्। कसैकसैमा एलर्जी गर्ने सेलहरू धेरै हुन्छन्। ती कोशिका वंशाणुगत तवरले नै एलर्जीको लागि सशक्त हुन्छन्। एलर्जी भनेर धेरै जनाले डाबे रोगलाई बुझ्नु भएको पाइछ। कसैलाई घामको एलर्जी हुन्छ। त्यसैले पहिला केलाई एलर्जी भनिएको हो भनेर जान्नु पर्दछ। छालाको एलर्जी व्यक्ति अनुसार धेरै फरकफरक हुनसक्छ।

यो मौसममा कस्तो एलर्जी धेरै भएको छ ?
अहिले धुलोको कारणले श्वासप्रश्वासमा देखिनेदेखि लिएर चर्को घाम र बिहान बेलुकाको चिसो भएको कारणले एलर्जी देखिन्छ। यो बेलोका एलर्जी डाबे रूपमा देखिन्छ। यो भनेको कमिलाले टोकेर डाबर आएको जस्तो गरेर आउँछ। यो शरीरका विभिन्न भागमा देखिन सक्छ। यसले सास फेर्न गार्हाे हुने, ओठ आँखा सुनिने, कसैलाई पेट काट्ने हुन्छ। त्यस्तो हुँदा तुरुन्त चिकित्सकलाई भेटेर उपचार गर्नुपर्छ।

जाबे एलर्जी कस्तो कस्तो व्यक्तिमा हुन्छ ?
यो कसलाई हुन्छ भनेर थाहा हुँदैन वंशमा बाबा–आमा र दाजुभाइ–दिदीबनीलाई छ भने परिवारमा देखिन सक्छ। दमको समस्या हुने र बारम्बार रुघाखोकी लागि रहनेलाई यो समस्या हुनसक्छ। एलर्जीको समस्या जुनसुकै समयमा हुनसक्छ। अहिले धुलो, धुँवा, मौसम परिवर्तनदेखि लिएर तातो चिसो पानी, उलनको कपडाका कारणसमेत एलर्जी बढेको पाइन्छ।

एलर्जी भएर समयमा अस्पताल गएन भने के हुन्छ ?
समयमा अस्पताल गएन भने जो डाबे एलर्जीमा मुखहरू आँखा सुनिने जिब्रो बाक्लो हुने, सास फेर्न गार्हाे हुने हुन्छ। त्यसैले त्यस्तो हुँदा सामान्य खालको डाबे रोग भनेर बस्नु हुँदैन। यसका अरू कारण पनि छन्, चिसो, धुलो, धुँवा, दाँत किराले खाएका, बोटबिरुवाका कणहरुले, पिसाब पोलिरहने, पेटमा जुका भएका, थाइराइडका बिरामीमा पनि यस्तो एलर्जी धेरै भएको पाइन्छ। धुलो र धुँवामा काम गर्ने मानिसमा एलर्जी हुने चान्स धेरै हुन्छ।

कस्तो अवस्थासम्म घरमा नै बस्ने र कस्तो अवस्थामा अस्पताल नै जानु पर्ने हुन्छ ?
एलर्जीको हकमा साना फोका आउँछन्। यस्ता धेरै फोकाहरु आफै जान्छन् भनेर बस्नु हुँदैन। साना फोका दीर्घकालीन रूपमा बसेर क्यान्सर हुन पनि सक्छन्। त्यसैले फोका र बिबिरा आए भने चिकित्सकको सल्लाह लिनुपर्छ। हेलचेक्राई गर्नु हुँदैन। छालामा जुनसुकै समस्या आए पनि मेडिकल गएर औषधि किनेर सेवन गर्नु हुँदैन। विभिन्न खालका एलर्जी हुने भएकाले चिकित्सकले जाँच गरेर दिएको औषधि मात्र सेवन गर्नुपर्छ।

अस्पताल टाढा छ भने घरमा केही उपचार गर्न सकिन्छ ?
अहिले विभिन्न कारणले एलर्जी हुन्छ। विशेष गरेर कार्पेट र गलैचाको धुलोले धेरैलाई एलर्जी गराएको हुन्छ। त्यसैले समयसमयमा घरभित्रको धुलो सफा गर्नुपर्छ। आफूलाई कुनै एलर्जी छ भने सामान्य प्रकारको लिभोसेट्रिजिन भन्ने औषधि ल्याएर घरमा राख्दा हुन्छ। यस्ता डाबे रोगको एलर्जी भयो भने खान सकिन्छ। तर, चिकित्सकलाई भेटेर जाँच नगरी धेरै औषधि खानु हुँदैन।

एलर्जीको उपचारमा कति समय लाग्छ। त्यस्तो केही अनुभव छ कि ?
छाला रोग विशेषज्ञको तालिम लिएपछि काम गरेको पाँच वर्ष हुँदैछ। निजामती कर्मचारी अस्पतालमा काम गरेको दुई वर्ष भयो। दुई वर्षदेखि उपचार गराइरहनु भएका बिरामी मसँग हुनुहुन्छ। कतिपय १० वर्षसम्मको समस्या लिएर आउनु भएको छ। कतिपयको हकमा यो आईडीपी भन्ने हुन्छ त्यसको जीवनभरी नै औषधि खानुपर्ने हुन्नसक्छ। स्रोत साधन सीमित ठाउँ भएको कारणले डाबे रोगको बायोलोजिक भन्ने औषधि हुन्छ त्यो सजिलै पाइँदैन। यो महंगो पनि छ। हाम्रोमा दुई जनाले त्यो औषधिलाई धान्न सक्नु भएको छ र त्यो चलायौ भने त्यसको राम्रो प्रभाव छ। कसैलाई पाँचदेखि आठ वर्ष सम्ममा निको पनि हुन्छ। एलर्जी पनि दुई प्रकारको हुन्छ एउटा अल्पकालीन र अर्को दीर्घकालीन। अल्पकालीन भनेको कुनै औषधि सेवन गरेर भयो भने त्यो ठिक हुने सम्भावना धेरै हुन्छ। दीर्घकालीनमा समस्या पनि बढी हुने र औषधि लामो समयसम्म सेवन गर्नुपर्ने हुनसक्छ।

एलर्जीको समस्या नहोस् भनेर के के कुरामा ध्यान दिने ?
हरेक पाइलापाइलामा स्वास्थ्यको ख्याल गर्नुपर्छ। बाहिर हिँड्दा मास्क अनिवार्य रुपमा लगाउनुपर्छ। एलर्जीबाट जोगिन ध्यान दिनुपर्ने विषय धेरै छन्। घाममा नबस्ने, हावा लाग्ने ठाउँमा नजाने, गलैंचा कार्पेट धेरै घरमा नराख्ने, हुक्का, चुरोट नखाने, उलनका कपडा सिधै शरीरमा नलगाउने, कुकुर र बिरालोबाट टाढा रहने, घरमा कण जन्य बिरुवा नराख्ने लगायत विभिन्न कुरामा ध्यान दिनुपर्छ। रातो मासु खाँदा एलर्जी भयो भने त्यो खानु हुँदैन। सँगसँगै बजारमा केमिकल भएका खाना खाँदै नखानु एलर्जीबाट बच्ने उपाय हुन्।

यो मौसममा छालामा केही समस्या नआओस् भनेर केही सुझाव दिनुहुन्छ कि ?
विस्तारै हामी जाडोबाट गर्मी तिर गइरहेका छौँ। आफ्नो छालामा समयसमयमा क्रिम लगाउनुपर्छ। चर्को कामबाट छालालाई जोगाउनुपर्छ। घाममा हिँड्दा छाता ओढ्ने र चस्मा लगाउने गर्न सकिन्छ। कतिपयले क्यापहरुसमेत लगाएर छालाको हेरचाह गरेको पाइन्छ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : ०५ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ