किन धेरै थकान महसुस हुन्छ ? « Khabarhub

किन धेरै थकान महसुस हुन्छ ?

यी हुन् पाँच कारण


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भनिन्छ स्वास्थ्य शरीरका लागि आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम। तर कसैको जीवनमा पनि यो समय तालिका ठ्याक्कै मिलेको हुँदैन। मानिस सामाजिक प्राणी हो। उसले मेसिनमा सेटिङ गरेजस्तो लगातार काम गर्न सक्दैन। कामसँगै मनोरञ्जन र आरामको आवश्यकता पर्छ। जीवनमा सधैभर भनेजस्तो दैनिकी चलाउन कसैले सकेको हुँदैन। रातभर सुते पनि कुनै समयमा दिनभर पनि थकान र अल्छीपना आइरहनसक्छ। तपाईंले नचाहदा नचाहँदै पनि तपाईंको काममा प्रभावकारिता घटिराखेको हुन्छ। रातभर सुतेको भए पनि काम गर्न कार्यालय पुगेपछि निन्द्रा लाग्ने, थकित महसुस हुने भइरहेको हुन्छ। किन यस्तो हुन्छ भन्ने विषयमा आज हामीले चिकित्सकसँगको कुराकानीका आधारमा केही कारण खोजेका छौं।

शरीरमा पानीको कमी हुनु
हाम्रो शरीरमा पानीको मात्रा कम भएमा धेरै असर गर्न सक्छ। त्यसमध्ये एक प्रमुख समस्या हो थकान। यसले तापाईंलाई धेरै थकित महसुस गराउँछ। त्यसैले प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ। स्वास्थ्य शरीरका लागि पहिलो शर्त पानी हो भन्ने कुरालाई हामीले कहिल्यै बिर्सनु हुँदैन।

आइरनको कमी
रगतमा आइरनको मात्रा कम हुँदा शरीरका विभिन्न भागमा कम अक्सिजन पुग्छ। यसले तपाईंलाई थकित बनाउँछ। आइरन प्रसस्त मात्रामा पाइने गेडागुडी, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुपर्छ।

ब्रेकफास्ट
ब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ। बिहान हतार हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभर नै तपाईं थकित रहने सम्भावना हुन्छ। त्यसैले ब्रेकफास्टमा नियमितता दिनुपर्छ। ब्रेकफास्टलाई हल्का बनाए पनि नियमित लिनुपर्ने कुरा बिर्सनु हुँदैन।

अनियमित व्यायाम
स्वास्थ्य शरीरका लागि आरामसँगै व्यायामको आवश्यकता अनिवार्य हुन्छ। तपाईं व्यायाम गर्नुहुन्छ तर नियमित हुनुहुन्न भने त्यसले थकान महसुस हुनसक्छ। तपाईंले एक दिन व्यायाम छाड्नुभयो भने पूर्ण रुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न। शरीरमा स्फूर्तिका लागि व्यायामलाई नियमित गर्नुपर्छ।

कामको लोड र तनाव
कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु स्वास्थ्य शरीरका लागि हानिकारक छ। यसले तापाईंलाई फूर्तिलो रहन दिँदैन। याद रहोस् तनावले विस्तारै विस्तारै तपाईंलाई गलाइरहेको हुन्छ। तनाव व्यवस्थापन गर्न आफ्नो दैनिकीलाई अनुशासित बनाउनु आवश्यक छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ९ : ०२ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित