भूगोल इनर्जीको आईपीओ आजदेखि खुला « Khabarhub

भूगोल इनर्जीको आईपीओ आजदेखि खुला


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूगोल इनर्जी डेभलपमेन्टले आजदेखि आईपीओ खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सोमबारबाट आईपीओ खुला गरेको हो ।

भूगोल इनर्जीले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४४ हजार ५३ कित्ता सेयर जारी गरेको हो । योमध्ये आयोजना अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखका स्थानीय बासिन्दालाई २ लाख ७२ हजार २६ कित्ता र योबाहेक दैलेखका स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ५० करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १० प्रतिशत् अर्थात ५ करोड ४४ लाख ५ हजार ३ सय रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ । उक्त आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यता, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ८११ कित्ता सेयर छुट्याइएको छ । आवेदकले छिटोमा फागुन २५ गते गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत १२ गतेसम्म आवेदन दिन पाउनेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले भूगोल इनर्जीकोे आइपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ११ : ०४ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६