किरात याक्थुङ चुम्लुङको राष्ट्रिय बैठक चितवनको भरतपुरमा सुरु « Khabarhub

किरात याक्थुङ चुम्लुङको राष्ट्रिय बैठक चितवनको भरतपुरमा सुरु


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- किरात याक्थुङ चुम्लुङको २४ औँ राष्ट्रिय चुम्लुङ बैठक आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको छ । बैठक सुरु गर्दै प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्वाहाङले धर्म संस्कृतिको जगेर्ना गर्नु पहिलो कर्तव्य भएको बताए । उनले लिम्बू समुदायको भाषा, संस्कृति संरक्षणमा पहिला आफ्नै समुदाय एक भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले भने, “सङ्घीय गणतान्त्रिक संविधानले मात्रै हाम्रो अधिकार संरक्षण गर्नेछ । सङ्घीयता, गणतन्त्र र संंविधान कार्यान्वयनमा सहयोग पु¥याउन सकेमा मात्रै लिम्बूहरुको माग सम्बोधन हुन्छ ।”

कार्यक्रममा चुम्लुङकी केन्द्रिय सल्लाहाकार चन्द्रमायाँ लिम्बू, प्रदेशसभा सदस्य उत्तम जोशी, बिनु रायमाझी, ईश्वर सापकोटा, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, चुम्लुङका पूर्वकेन्द्रीय सदस्य नरेन्द्र कन्दङ्वालगायतले आफ्नो धारणा राखेका थिए ।

बैठकमा १३ जिल्लाका दुई सय ८८ जना प्रतिनिधि सहभागी छन् । दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकमा आगामी कार्यदिशा र आफ्ना मागका विषयमा छलफल हुने चुम्लुङका जिल्ला अध्यक्ष जनक लिम्बूले बताए । नेपालमा लिम्बू समुदाय तीन लाख ८७ हजार तीन सय रहेका मध्ये चितवनमा आठ सयदेखि एक हजारबीचमा रहेका बताइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ११ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै