पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने  | Khabarhub Khabarhub

पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने 


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

उनका अनुसार शिवरात्रिका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिइन्छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।

साधुसन्तको दक्षिणाका  लागि आठ लाखदेखि १० लाखसम्म छुट्टाइएको कोषले जनाएको छ । यसपालि पशुपतिनाथमा आउने साधुसन्तको सङ्ख्या बढेको कोषले जनाएको छ । यसैगरी महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा संकलन भएको भेटिको गणना कार्य पनि आइतबारबाट सुरु भएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए। 

उनका अनुसार गणना सक्न अझै पाँच-छ दिन लाग्नेछ । यही फागुन ६ गतेको महाशिवरात्रिमा कम्तीमा १५ लाख भक्तजन पशुपति मन्दिर पुगेका र सात लाख जनाले मूल मन्दिरको नै दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिए।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १२ : ३१ बजे

कृषिसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै

ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भएको भारतको प्रतिक्रिया

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनियम दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

जलवाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन २२ गते बिहीबार। साउन