सुरक्षाकर्मी र कर्मचारीकै मिलोमतोमा सीमानाकामा तस्करी « Khabarhub

सुरक्षाकर्मी र कर्मचारीकै मिलोमतोमा सीमानाकामा तस्करी


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी, तस्करी हुँदा भन्सार कार्यालयले लिएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको छ । प्रहरी प्रशासन, भन्सारका कर्मचारी र तस्करबीचको  मिलेमतोमा तस्करले ल्याएको सामानमध्ये केही सामानको मात्र राजस्व तिर्ने र बाँकीको राजस्व नै नतिरी भित्र्याउने गरेकाले चालु आर्थिक वर्षका लागि लिइएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको हो । 

जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटो प्रयोग गरी यस क्षेत्रमा व्यापक चोरी तस्करी बढेपछि भन्सार कार्यालय माडरको राजश्व असुली अवस्था निरन्तर खस्किँदै गइरहेको देखिएका छन् । सिरहा भन्सार कार्यालय माडर खैरटोका, सिराहाले चालु आर्थिक वर्ष २०७९÷०८० को साउन महिनामा एक करोड ३३ लाख ५५ हजार लक्ष्य रहेकोमा लक्ष्यको २३ प्रतिशत ३० लाख ७४ हजारमात्र राजश्व रकम असुली गरेको देखिन्छ । 

त्यस्तै भदौ महिनामा एक करोड ६६ लाख ५ हजार लक्ष्य लिएकोमा लक्ष्यको २० प्रतिशत ३३ लाख ० हजार, असोज महिनामा एक करोड ६७ लाख ८ हजार लक्ष्य रहेकोमा लक्ष्यको २७ प्रतिशत ४४ लाख ५३ हजार, कात्तिक महिनाको एक करोड ५९ लाख ४७ हजार लक्ष्यको ३० प्रतिशत ४७ लाख ८० हजार, मंसिर महिनाको एक करोड ६ लाख २२ हजार लक्ष्यको २५ प्रतिशत ४२ लाख ८ हजार र पुस महिनाको एक करोड ७७ लाख ७२ हजार लक्ष्यको ५७ प्रतिशत एक करोड २ लाख ११ हजार मात्र राजश्व असुली भएको र माघ महिनामा १ करोड ७० लाख ३८ हजार लक्ष्य लिएको भन्सार कार्यालयले लक्ष्यको ३८ प्रतिशत रकम मात्र असुली गरेका छन् । 

भन्सार कार्यालय माडर खैरटोकाले ७ महिनामा लिएको वार्षिक लक्ष्य जम्मा १९ करोड ९५ लाख ४६ हजारमा कुल रकमको १८ प्रतिशत अर्थात ३ करोड ५ लाख ८८ हजार रुपैयाँ राजस्व मात्र असुली भएको सिरहा भन्सार कार्यालय माडर खैरटोकाका सूचना अधिकारी नायब सुब्बा गोपाल महतोले जानकारी दिए । 

चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको तथ्यांकले नै सिरहा जिल्लामा तस्करी भइरहेको पुष्टि गर्छ । तस्करहरूले सीमानाकामा बस्ने सुरक्षाकर्मी र भन्सार प्रमुख लगायतका कर्मचारीहरूलाई एकमुस्ठ रुपमा मोटो रकम तिरेर नाकाहरूको वरिपरि राखिएको गोदाममा भण्डारण गर्ने र रातभरि निर्धक रुपमा प्रहरी प्रशासनकै आखा अगाडिबाट तस्करी गर्ने गरेको स्थानीहरू बताउँछन् ।

सीमानाका तस्करीको विशेष निगरानी गर्न खटाइएका सशस्त्र प्रहरी, नेपाल प्रहरीले नै तस्करसंग नजराना लिई  तस्करीको संरक्षणतर्फ आकर्षक रहेको नाम नखोल्ने सर्तमा एकजना तस्करले बताए । उनले भने, ‘प्रहरी प्रशासनलाई मासिक रुपमा आफूहरुले लाखौं रुपैयाँ बुझाएर मात्र मालसमान ओसार पसार गर्ने गरेको बताएका छन् । 

सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लै उपस्थिति रहे पनि प्रहरीको आँखा अगाडिबाटै तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्ने गरेको स्थानीयहरु बताउँछन्। जिल्लाको माडर,औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटोहरु प्रयोग गरी तस्करहरुले रातीको समयमा चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ९रजनीगन्धा, गुटखा० भन्सार राजश्व छली गरी वारी ९नेपालभि¥याउनेवारि९नेपाल०बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारी ९भारतीय बजार ०पु¥याउने गरेको नाम नखाल्ने सर्तमा एकजना स्थानीयले सुनाए । 

उनले थपे, ‘यस क्षेत्रबाट रातभरि प्रहरी प्रशासनकै सेटिङमा भारतीय बजारबाट मालसमान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकल मार्फत सिरहा सदरमुकाम लगायतका बजारहरू  मिर्चैया ,गोलबजार, लाहान, लगायतको वजार सम्म ल्याइन्छ ।’
सुरक्षाकर्मीले नै तस्करहरूलाई ‘लाइन क्लियर’ रहेको संकेत गरेपछि उनीहरूले अन्धाधुन्द सामान ढुवानी गर्न सुरु गर्छ उनले सुनाए । प्रहरीलाई खबर गरे पनि बेपत्ता गरेको उनले गुनासो पोखे ।

जिल्लामा चोरी तस्करी भइरहेको विषयमा जिज्ञासा राख्दा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्का सिरहाका प्रमुख प्रमोद भारतीले आफू आएलगत्तै सम्पूर्ण सीमानाकामा कडाका साथ खटिन र तस्करी नियन्त्रण गर्न निर्देशन गरिसकेको दाबी गरे । 

‘म आएको पनि २० दिन मात्र भएको छ, आएलगतै चोरी तस्करी नियन्त्रणमा खटिरहेका छौं,’ उनले थपे, ‘चोरी तस्करीमा हाम्रो युनिटको कुनै किसिमको संग्लनता भए कडा कारबाही गर्छौँ ।’ 

चोरी निकासी र राजस्व छलिका विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख ‘एसपी’ टेकु नन्द लिम्बूसँग सम्पर्क गर्दा उनले आफू मिटिङमा रहेको जवाफ दिएपछि कुरा हुन सकेन । यता भारतीय बजारबाट भन्सार छलि गरी ल्याइएका सामान भण्डारण गरिने लहान, सिरहा, मिर्चैया र गोलबजारका गोदामबारे स्थानीयबासी जानकार रहे पनि  प्रहरी बेखवरझैँ बसेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १२ : ३७ बजे

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौं– सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

काठमाडौं– संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, ५० लाखको क्षति

वीरगञ्ज– राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र

एजेन्सी– संयुक्त राज्य अमेरिकाले होर्मुज जलसन्धि क्षेत्रमा दुई इरानी तेल

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले यहाँ स्थानीय तह तथा जिल्ला समन्वय