नगरपालिकाद्वारा ६१ लाख बराबरको छात्रवृत्ति रकम वितरण « Khabarhub

नगरपालिकाद्वारा ६१ लाख बराबरको छात्रवृत्ति रकम वितरण


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाले नगरपालिकाबाट सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङमा अध्ययनरत विद्यार्थीलाई ६१ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ती दुवै कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरे ।  

उनले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित कलेजले गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न र विद्यार्थीलाई उत्साह प्रदान गर्न छात्रवृत्ति वितरण गर्दै आएको बताए । भक्तपुर नपाबाट सञ्चालित विभिन्न आठ कलेजमार्फत वार्षिक चार करोड बराबरको छात्रवृत्ति वितरण हुँदै आइरहेको जानकारी दिँदै उनले नगरपालिकाले अन्य विभिन्न विषयमा विद्यावारिधिसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक ऋणसमेत उपलब्ध गराउँदै आएको बताए।

भक्तपुर नपाले हाल आठ कलेज, छ शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेको छ भने ख्वप विश्वविद्यालय सञ्चालनको अनुमतिका लागि प्रयास जारी राखेको छ । ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य सुनिल दुवालले निजी कलेजको तुलनामा झण्डै आधा शुल्कमा भक्तपुर नपाबाट सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजले इञ्जिनीयरिङ शिक्षाको अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिए। 

नगरपालिकाले ख्वप इञ्जिनीयरिङ कलेजका विद्यार्थीलाई ३२ लाख नौ सय र ख्वप कलेज अफ इञ्जिनीयरिङका विद्यार्थीलाई रु २९ लाख ३६ हजार गरी रु ६१ लाख बराबरको छात्रवृत्ति रकम वितरण गरेको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १२ : ४४ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित