राष्ट्र बैंकले नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउने  « Khabarhub

राष्ट्र बैंकले नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउने 


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउने भएको छ। आगामी बुधबारदेखि बचतपत्रको बिक्री खुलाउने भएको हो।

राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रको आकार २ अर्ब ५० करोड बराबरको छ भने वार्षिक व्याजदर ११.५० प्रतिशत छ। ब्याज ६-६ महिनामा भुक्तानी हुने उल्लेख छ। बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्।

बैंकका अनुसार उक्त बचतपत्रमा न्यूनतम १० हजार रुपैयाँ र अधिकतम कुल निष्कासन रकमको १० हजारले भाग गर्दा निश्शेष भाग जाने अंकमा जति पनि खरिद आवेदन दिन सकिन्छ।

यस बचतपत्र खरिदका लागि इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न सक्नेछन्। राष्ट्र बैंकका अनुसार नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १ : १६ बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको