साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | Khabarhub Khabarhub

साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– साकेला गाउँपालिकामा पालिकास्तरीय पाँचौँ अन्तरमाध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिता वडा नं ४ मात्तिमस्थित नौलाखर्क खेलमैदानमा सुरु भएको हो । 

गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले प्रतियोगिता  शुभारम्भ गर्दै  आफ्नो क्षेत्रभित्र विकासका आयोजनालाई समयभित्रै सक्न र गुणस्तरीय बनाउन पटक-पटक खबरदारी गरिरहेको बताए । ‘खेलकुद क्षेत्रलाई व्यावसायिकरूपमा अघि बढाउन गाउँपालिकाले यस  प्रतियोगितालगायत विभिन्न कार्यक्रम गर्दै आएको छ’, उनले भने, ‘छनोट भएका खेलाडीलाई जिल्लास्तरमा हुने खेलमा सहभागी हुन पठाइने छ ।’

प्रतियोगितामा विभिन्न छवटा विधाका ५४ पदकका लागि विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भलिबल, हाईजम्प,  लङजम्प, सटफुट, रिले दौड १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटरलगायत  प्रतियोगितामा  छात्रछात्रा छात्र तथा छात्राको सहभागिता भएको जनाइएको थियो । 

प्रतियोगितामा १८ वटा इभेन्टमा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने र सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिइने भएको छ । प्रतियोगिता सञ्चालन गर्न संघीय खेलकुद मन्त्रालयले रु एक लाख उपलब्ध गराएकामा नपुग रकम  गाउँपालिकाले उपलब्ध गराएको थियो। गाउँपालिकाले प्रतियोगितास्थल आउन-जान तथा अन्य व्यवस्थापन खर्चका लागि दूरीका हिसाबले प्रत्येक विद्यालयलाई रु ३० हजारसम्म  उपलब्ध गराएको थियो  ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  २ : १५ बजे

कृषिसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै

ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भएको भारतको प्रतिक्रिया

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनियम दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

जलवाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन २२ गते बिहीबार। साउन