निःशुल्क आँखा शिविर अभियान सुरु | Khabarhub Khabarhub

निःशुल्क आँखा शिविर अभियान सुरु


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँबाट आँखा शिविर सुरु भएको छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र गाउँपालिकाको सहजिकरणमा आजदेखि निःशुल्क आँखा शिविर सुरु भएको हो । 

गाउँपालिकका दुर्गम गाउँमा नौदिने निःशुल्क आँखा शिविरको अभियान सुरु भएको जनाइएको छ । शिविरको पहिलो दिन घुन्सा स्वास्थ्य चौकी घुन्सा, फागुन ११ गते ओलाङचुङ्गोला स्वास्थ्य चौकी, १३ गते हान्द्रुङ टार, १४ र १५ गते छिरुवा ग्राउण, १६ र १७ गते सिंवा स्वास्थ्य चौकी सिंवा बजार, १९ र २० गते तापेथोकमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

पालिकाका छ स्थानमा सञ्चालन भएको शिविरमा आँखा जाँच गरी सामान्य प्रकृतिका बिरामीको उपचार गरिनेछ । मोतियाविन्दु र जटिल प्रकृतिका समस्या भएका बिरामीको भने पालिकाको केन्द्र तापेथोकमा यही फागुन २० र २१ गते हुने शिविरमा शल्यक्रिया गरिने गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए ।

उनका अनुसार पालिकाको केन्द्र तापेथोकको सरस्वती माध्यमिक विद्यालयमा हुने शिविरमा तिलगङ्गा आँखा अस्पताल काठमाडौँका वरिष्ठ नेत्र रोेग विशेषज्ञ डा. सन्दुक रुईतसहितको टोलीले उपचार गर्नेछ ।

साथै उक्त गाउँपालिकामा शिविर सञ्चालन हुने भए पनि ताप्लेजुङका अन्य पालिकाका बिरामीलेसमेत अवसरको सदुपयोग गर्न अध्यक्ष लिम्बूले बताए। शिविरमा आउने बिरामीले कुनै पनि शुल्क तिर्नु नपर्ने र बिरामीका लागि पालिकाले खानाको व्यवस्था गरेको छ । 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  २ : ५६ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो