निःशुल्क आँखा शिविर अभियान सुरु « Khabarhub

निःशुल्क आँखा शिविर अभियान सुरु


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँबाट आँखा शिविर सुरु भएको छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र गाउँपालिकाको सहजिकरणमा आजदेखि निःशुल्क आँखा शिविर सुरु भएको हो । 

गाउँपालिकका दुर्गम गाउँमा नौदिने निःशुल्क आँखा शिविरको अभियान सुरु भएको जनाइएको छ । शिविरको पहिलो दिन घुन्सा स्वास्थ्य चौकी घुन्सा, फागुन ११ गते ओलाङचुङ्गोला स्वास्थ्य चौकी, १३ गते हान्द्रुङ टार, १४ र १५ गते छिरुवा ग्राउण, १६ र १७ गते सिंवा स्वास्थ्य चौकी सिंवा बजार, १९ र २० गते तापेथोकमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

पालिकाका छ स्थानमा सञ्चालन भएको शिविरमा आँखा जाँच गरी सामान्य प्रकृतिका बिरामीको उपचार गरिनेछ । मोतियाविन्दु र जटिल प्रकृतिका समस्या भएका बिरामीको भने पालिकाको केन्द्र तापेथोकमा यही फागुन २० र २१ गते हुने शिविरमा शल्यक्रिया गरिने गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए ।

उनका अनुसार पालिकाको केन्द्र तापेथोकको सरस्वती माध्यमिक विद्यालयमा हुने शिविरमा तिलगङ्गा आँखा अस्पताल काठमाडौँका वरिष्ठ नेत्र रोेग विशेषज्ञ डा. सन्दुक रुईतसहितको टोलीले उपचार गर्नेछ ।

साथै उक्त गाउँपालिकामा शिविर सञ्चालन हुने भए पनि ताप्लेजुङका अन्य पालिकाका बिरामीलेसमेत अवसरको सदुपयोग गर्न अध्यक्ष लिम्बूले बताए। शिविरमा आउने बिरामीले कुनै पनि शुल्क तिर्नु नपर्ने र बिरामीका लागि पालिकाले खानाको व्यवस्था गरेको छ । 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  २ : ५६ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा