बिदाका दिन पनि जिल्ला प्रशासन कार्यलयबाट सेवा प्रवाह « Khabarhub

बिदाका दिन पनि जिल्ला प्रशासन कार्यलयबाट सेवा प्रवाह


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– शनिबार  तथा आइतबार प्रजातन्त्र दिवसको सार्वजनिक बिदा दिन पनि काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यलयले सेवा प्रवाह गरेको छ । झन्झटिलो र अत्यासलाग्दो सेवा प्रणालीका कारण असहज महसुस गरिरहेका सेवाग्राहीलाई बिदाको दिनसमेत सेवा प्रवाहको  योजना बनाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । लगातार दुई दिन परेको सार्वजनिक बिदामा  पनि यथाशक्य  सेवा  दिने  निर्णयसहित सेवाग्राहीलाई गत शुक्रबार नै शनिबार र आइतबारका लागि टाइम टोकन वितरण गरिएको थियो । 

आपूmले पाएको टाइमटोकन अनुसार तोकिएको समयअनुसार सेवाग्राही बिदाको दिन पनि सेवा लिन आएका थिए । बिदाको दिन पनि सहज तरिकाले सेवा लिन पाउँदा खुसी  हुनाका साथै  कार्यालयप्रति आभारी भएको सेवाग्राही शिवहरि खतिवडाले बताए ।

 सेवाको माग धेरै र उपलब्धता थोरै भएकाले नागरिक मैत्री सेवा प्रवाह गर्न  बैंक काउन्टरसमेत बिदाको दिनमा सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले बताए । कार्यालयले टाइमकार्ड लागू गरेसँगै राहदानीका लागि फारमसमेत कार्यलयका कर्मचारीले नै  भरिदिने गर्दै आएका छन् । 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  २ : ५९ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु