शेयर बजारमा दोहोरो अंकको गिरावट | Khabarhub Khabarhub

शेयर बजारमा दोहोरो अंकको गिरावट


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अंकले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९१ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव ५३ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये ३२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । 

यस्तै एक सय ७७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कूल ६० लाख ९१ हजार तीन सय ५३ कित्ता शेयर रु एक अर्ब ९४ करोड ७६ लाख २३ हजार नौ सय ९३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ५३ अर्ब ४२ करोड ४० लाख सात हजार सात सय ५४ बराबर रहेको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको २० करोड ८२ लाख ५६ हजार सात सय ४० बराबरको कारोबार भयो । यस्तै साल्टट्रेडिङ कर्पोरेसन ११ करोड ४८ लाख ४७ हजार नौ सय ४७, जीवन विकास लघुवित्त रु छ करोड ५५ लाख ५५ हजार तीन सय, एनआइसी एशिया बैंक रु पाँच करोड ५५ लाख ९१ हजार दुई सय एक र सानिमा बैंक रु चार करोड ६५ लाख ७६ हजार चार सय ६९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार राप्ती हाइड्रोको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । दोर्दी खोला जलविद्युत् कम्पनी चार दशमलव १७, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलब ९६, कालिका पावर कम्पनी दुई दशमलब शुन्य चार र एनएमबी-५० का लगानीकर्ताले दुई दशमलव शुन्य दुई प्रतिशतले कमाएका छन् ।

यस्तै जीवन विकास लघुवित्त नौ दशमलव १५, उपकार लघुवित्त सात दशमलव ४२, हिमालयन डिस्टिलरी पाँच दशमलव ३१, वीन नेपाल लघुवित्त पाँच र समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले चार दशमलव ९६ प्रतिशतले गुमाएका छन् । 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ४ : ०७ बजे

पाकिस्तानमा बाल मजदुरको अवस्था भयावह

काठमाडौं– पाकिस्तानमा बाल मजदुरको अवस्था भयावह रहेको पाइएको छ ।

महन्थ ठाकुरको गुनासो : थारू-मधेसीले अधिकार र पहिचान पाएनन्

धनगढी– सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

धरान– सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज

भक्तपुरको कालदहमा मेला, भक्तजनहरूको घुइँचो 

काठमाडौं– जनै पूर्णिमाको अवसरमा भक्तपुरमा रहेको प्राचीन कालदहमा श्रद्धालु भक्तजनहरूको

उदयपुरमा लाखे जात्रा सुरु

उदयपुर– यहाँ नेवार समुदायको लाखे जात्रा सुरु भएको छ ।