भूमि आयोग चितवनमा चार सय बढीको निवेदन « Khabarhub

भूमि आयोग चितवनमा चार सय बढीको निवेदन


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय भूमि आयोग चितवनमा चार सय ८४ जनाले आफ्नो जग्गा धनी प्रमाण पुर्जा अद्यावधिकका लागि निवेदन दिएका छन्। अघिल्ला आयोगले भोगचलनका लागि मात्रै दिएका पुर्जा अद्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन्।

आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सीनाका अनुसार सात पालिकामध्ये सबैभन्दा धेरै निवेदन इच्छाकामना गाउँपालिकाबाट आएका छन्। गाउँपालिकाबाट दुई सय २३ वटा निवेदन परेको उनले जानकारी दिए। यस्तै भरतपुर महानगरपालिकाबाट एक सय ६३, खैरहनी नगरपालिकाबाट ४२, माडी नगरपालिकाबाट २४, राप्ती नगरपालिकाबाट १९ र रत्ननगर नगरपालिकाबाट १३ वटा निवेदन परेका छन्। कालिका नगरपालिकाबाट अहिलेसम्म निवेदन नपरेको उनले बताए।

आएका निवेदनमाथि छानबिन गरी आयोगले निर्णय गर्ने उनले बताए। उनले भने, ‘जग्गाको मूल्य बराबरको राजश्व बुझाई सकेकाको अद्यावधिकका लागि छिट्टै निर्णय गर्छौँ।’ जग्गा धनी प्रमाण पुर्जा पाएर पनि समय तोकिएर बेचबिखन गर्न नपाउने गरी अघिल्ला आयोगले जिल्लामा पुर्जा वितरण गरेका थिए। पुराना आयोगले पाँच वर्ष र १० वर्षसम्म बेचबिखन गर्न नपाउने गरी पुर्जा वितरण गरेको उनले बताए।

आयोगले निवेदन सङ्कलन गरेर उनीहरूलाई अब पूर्ण स्वामित्वका लागि निर्णय गर्ने उनको भनाइ छ। जिल्लामा रहेका मालपोत कार्यालय र नापी कार्यालयसँग समन्वय गरेर काम अघि बढाइने आयोगले जनाएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ५ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै