बागमती प्रदेशसभाको बैठक बुधबार बस्ने « Khabarhub

बागमती प्रदेशसभाको बैठक बुधबार बस्ने


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाको बैठक यही फागुन १० गते बुधबार अपराह्न २ बजे बस्न आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।

बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाको बैठक गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गरेपछि उनलाई धन्यवादको प्रस्ताव पारित गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

बागमती प्रदेशसभा सचिवालयमा दुई विधेयक आज दर्ता गरिएको सचिवालयले जनाएको छ ।

उक्त सचिवालयमा दर्ता गरिएको विधेयकमध्ये प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन, सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ रहेको सो सचिवालयका प्रवक्ता मनोजकुमार गप्ताले जानकारी दिए।  

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : ३१ बजे

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक

चितुवाको आक्रमणबाट दुई घाइते

दाङ– जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा