औद्योगिक क्षेत्रको विकासबिना समृद्धि हासिल गर्न सकिँदैन : मन्त्री भण्डारी | Khabarhub Khabarhub

औद्योगिक क्षेत्रको विकासबिना समृद्धि हासिल गर्न सकिँदैन : मन्त्री भण्डारी


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक विकासबिना समृद्धि हासिल गर्न नसकिने बताएका छन् ।

सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा उनले औद्योगिक विकासबिना समृद्धि सम्भव नभएको उल्लेख गर्दै सरकारको प्राथमिकतामा औद्योगिक विकास रहेको बताए ।

“सरकारले सुदूरपश्चिममा रहेका सम्भावनाको अध्ययन गरिरहेको छ”, मन्त्री भण्डारीले भने, “यहाँका फलाम खानीलगायतका सम्भावनाको अध्ययन गर्न सुदूरपश्चिममा टोली खटिएको छ ।” उहाँले औद्योगिक क्षेत्रसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको कामसमेत छिट्टै सञ्चालन हुने बताए ।

“औद्योगिक क्षेत्रमा देखिएको जग्गाको भोगाधिकारको समस्या एक महिनाभित्रै मन्त्रिपरिषद्बाट निर्णय गराएर समाधान गर्छु”, उनले भने, “भारतसँगको पारवहनका लागि सुक्खा बन्दरगाहको काम पनि केही समयमा सुरु हुँदैछ ।”

उहाँले यहाँका निर्माणधीन गौरवका योजनामा बजेट अभाव हुन नदिने बताउनुभयो । “महाकाली करिडोर, औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह निर्माणका लागि बजेट अभाव हुन दिनेछैन”, मन्त्री भण्डारीले भन्नुभयो, “औद्योगिक विकासका लागि निजी क्षेत्रसँग पनि सहकार्य गर्न तयार छौँ ।”

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सञ्जयलाल मानन्धरले औद्योगिक क्षेत्रमा एक उद्योगका लागि पाँच कठ्ठादेखि पाँच बिघा जमीन छुट्याइएकोे जानकारी दिए । “औद्योगिक क्षेत्र निर्माणका लागि रु नौ अर्ब खर्च हुने अनुमान छ”, महाप्रबन्धक मानन्धरले भने, “उद्योग स्थापना भएमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २२ हजारले रोजगारी पाउनेछन ।” उनका अनुसार एकसय वटा औद्योगिक प्लट रहने दैजी–छेला औद्योगिक क्षेत्रमा साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्याएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ९ : ३५ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका