लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्छ : माधव नेपाल « Khabarhub

लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्छ : माधव नेपाल


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक उपलब्धिको रक्षा गर्न सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताए ।

पार्टीका अध्यक्ष नेपालले ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र विरुद्ध दिएको वक्तव्यप्रति आज एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

लोकतान्त्रिक गणतन्त्र विरुद्ध भ्रम फैलाउने उक्त वक्तव्यमा राजनीतिक दलप्रति लाञ्छना लगाउने कार्य असंवैधानिक रहेको विज्ञप्तिमा भनिएको छ । जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको संविधानद्वारा सामान्य नागरिक बनाएका शाहले केही दिन अगाडि झापाबाट गणतन्त्र विरोधी अभियान उद्घाटन गरेको र पटक पटक जनताको अधिकार हनन गरेको राजतन्त्रको ढाकछोप गरी गणतन्त्रविरुद्ध बोल्नु सरासर गलत भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा यस्तो अभिव्यक्तिले अग्रगमन, प्रगति चाहनेलाई गम्भीर र चिन्तित बनाएको बताउँदै यसखाले गतिविधिका बिरुद्ध सबै जनता एकताबद्ध भएर प्रतिवाद गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ९ : ४९ बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका