जसपाको केन्द्रीय समिति विस्तार « Khabarhub

जसपाको केन्द्रीय समिति विस्तार


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालले आज आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ । पार्टी कार्यालय बालकुमारीमा आइतबार र आज सोमबार गरी दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सुरेन्द्र कर्मीलाई राजनीतिक समितिमा, ओमप्रकाश यादव र सोमबहादर नेपालीलाई केन्द्रीय समितिमा तथा दलबहादुर लावती, कर्णबहादुर लावती र बलराम महतोलाई सङ्घीय परिषद् सदस्यमा मनोनयन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सदस्यहरू जोगीलाल यादव र प्रचण्डकुमार पौडेललाई ट्रेड युनियन तथा बौद्धिक पेसाकर्मी महासङ्घ संयुक्त संयन्त्रको उपप्रमुखको जिम्मेवारी दिइएको छ । बैठकले विधान अधिवेशनका लागि पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सदस्यहरूमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत् बज्राचार्य र न्हुच्छेलाल महर्जन रहनुभएको छ । मूल व्यवस्थापन समितिले आवश्यकताअनुसार उपसमिति बनाउन सक्ने बताइएको छ । जसपाले विधान अधिवेशन आगमी चैत २७, २८ र २९ गते काठमाडौँमा गर्ने आइतबार निर्णय गरेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : १५ बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका