गत वर्ष इन्डोनेसियाको रङ्गशालामा भएको काण्डमा आरोप लागेका दुई जनालाई अदालतले निर्दोष साबित गरेपछि पीडितको परिवारमा आक्रोश थपिएको छ। खेलको दौरान झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि भाग्न तछाडमछाड हुँदा १३५ जनाको ज्यान गएको थियो। अदालतमा ढोका अघि उभिएका परिवारको न्यायालय विश्वास नै टुटेको छ। आफ्नो ‘टिन एजर’ छोरा गुमाएकी एक महिलाले आक्रोशित हुँदै भनिन्, ‘यत्ति धेरै मानिस मरेका छन्। उनीहरू कसरी खुला हुन सक्छन् ?’
आफ्नो १६ वर्षीय छोराको तस्बिरसहित अदालत पुगेकी सुसाइनीको आक्रोश बिछट्टै छ। निर्णय सुनाइएपछि उनलाई सहनै कठिन भएको थियो। अदालतले घटनामा संलग्न एक प्रहरी अधिकृतलाई १८ महिनाको जेल सजाय सुनाएको हो भने अन्य दुईलाई निर्दोष साबित गरेको हो। एउटै घटना, एउटै काम तर दुई फरक निर्णय कसरी ? भन्ने प्रश्न अहिले उब्जिन थालेको छ।
आफ्नो ‘टिन एजर’ छोरा गुमाएकी एक महिलाले आक्रोशित हुँदै भनिन्, ‘यत्ति धेरै मानिस मरेका छन्। उनीहरू कसरी खुला हुन सक्छन् ?’
प्रहरी कमान्डर बाममाङ सिडिक अचाड्मीले अश्रुग्यास छाड्न निर्देशन दिएका थिए। तर, न्यायालयले प्रमाण नपुगेको भन्दै उनलाई छाडेको छ। प्रहरी कमिस्नर वाहियो सेटो प्रानाटोलाई पनि कुनै सजाय सुनाइएन।
‘त्यहाँ घटनाका प्रतिवादीका काम र पीडितका बीचमा क्याजुयल सम्बन्ध देखियो। लापरबाही पनि प्रमाणित भएन। त्यसकारण प्रतिवादी निर्दोष साबित गरिएको छ’, प्रधानन्यायाधीश अबु अचमड सिडकी अमसायले भने।
ह्युमन राइट वाचले अदालतको सो निर्णयको आलोचना गरेको छ। उसले कानुनी प्रावधानका बारे नै प्रश्न खडा गरेको छ। गत जनवरीदेखि यसको सुनुवाइ बन्द कोठामा भएदेखि नै पीडितका आफन्तले आलोचना गरेका थिए। स्थानीय अधिकारवादी समूह कोनट्रासका प्रमुख घटनाको सुनुवाइको क्रमदेखि नै न्यायाधीश प्यानलले पक्षपात गरेको थुप्रै प्रमाण फेला परेको आरोप लगाएका छन्।
ह्युमन राइट वाचले अदालतको सो निर्णयको आलोचना गरेको छ। उसले कानुनी प्रावधानका बारे नै प्रश्न खडा गरेको छ। गत जनवरीदेखि यसको सुनुवाइ बन्द कोठामा भएदेखि नै पीडितका आफन्तले आलोचना गरेका थिए।
प्रहरी अधिकृत आसकर ओमानलाई माग गरिएको भन्दा आधा समय कम १८ महिना जेल सजाय सुनाइयो। प्रधानन्यायाधीशले त्यस समयको अवस्था नै सम्हाल्न सकिने अवस्था भएको बताएका छन्। १८ महिनाको सजाय सुनाउने क्रममा उनले भने, ‘अश्रुग्याँस प्रयोग नगरेर पनि सबै कुरा ठिक हुन सक्थ्यो।’
गत अक्टोबरमा एक फुटबल खेलको दौरान घरेलु टोली एरेमा एफसीका समर्थकले आफ्नो टोली इस्ट जाभाको क्लब पर्सेबाया सुरयबायासँग ३–२ ले हारेपछि रङ्गशालामा प्रवेश गरेर जाइ लागेका थिए।
प्रहरीले अश्रुग्यास प्रयोग गरेपछि दर्शकहरूको भागाभाग भएको थियो। रङ्गशालाको साँघुरो ढोका भएका कारण भाग दौडमा धेरैको ज्यान गएको हो। त्यो रात मरेकामध्ये कम्तीमा ४० जना बच्चा थिए। ६ सय जना भन्दा बढी घाइते भएका थिए।
गत साता न्यायालयले दुई फुटबल अधिकारी घटनामा संलग्न भएको भन्दै जेल सजाय सुनाएको थियो। घरेलु क्लबका आयोजक कमिटीका प्रमुख अब्दुल ह्यारिसलाई १८ महिना जेल सजाय सुनाइएको हो। क्लबका सुरक्षा अधिकृत सुको सुट्रिस्नोलाई एक वर्ष जेल सजाय सुनाइएको छ।
प्रहरीले अश्रुग्यास प्रयोग गरेपछि दर्शकहरूको भागाभाग भएको थियो। रङ्गशालाको साँघुरो ढोका भएका कारण भाग दौडमा धेरैको ज्यान गएको हो।
कान्जुरन घटना इन्डोनेसियाको प्रमुख र दुःखद घटना मध्येका एक भएकोमा विमति हुन सक्दैन। त्यो फुटबल इतिहासको दोस्रो ठूलो दुर्घटना हो। यस भन्दा अघि सन् १९६४ मा पेरुको सबै भन्दा ठूलो फुटबल दुर्घटना भएको थियो। सन् १९६६ को विश्वकपको लागि भएको छनोट चरणको खेलमा सो दुर्घटना भएको थियो।
त्यो समयमा रङ्गशालामा ५३ हजार दर्शक उपस्थित थिए। त्यो दर्शकको सङ्ख्या भनेको लिमाको सो समयको जनसंख्याको ५ प्रतिशत भन्दा बढी हो। पेरुले राम्रो खेली रहेको समयमा अर्जेन्टिनाले अग्रता लिएको थियो। पेरुले बराबरी गोल त गरेको थियो, रेफ्रीले त्यसलाई अयोग्य घोषित गरेपछि दर्शकमा आक्रोश बढेको थियो। त्यसै समयमा दुई दर्शक रङ्गशालामा प्रवेश गर्दै रेफ्रीमा आक्रमण गरेका थिए। त्यसको केही समयमा मैदानमा दर्शक प्रवेश गरेर रेफ्रीमाथि जाइलाग्न थालेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।
पेरुको लिमामा भएको सो घटनामा ३ सय ६४ जनाको ज्यान गएको थियो। प्रहरीले सङ्गठनले घटनामा दोषी ठहर गर्दै नौ अधिकृतलाई सेवाबाट मुक्त गरेको थियो। त्यस समयको हृदय विदारक घटना फुटबल इतिहासका जानकारले सायद बिर्सिएका छैनन्। त्यस पछाडि इन्डोनेसियामा त्यो दुर्घटना भएको थियो।
पेरुको लिमामा भएको सो घटनामा ३ सय ६४ जनाको ज्यान गएको थियो। प्रहरीले सङ्गठनले घटनामा दोषी ठहर गर्दै नौ अधिकृतलाई सेवाबाट मुक्त गरेको थियो।
इन्डोनेसियाको रङ्गशालामा केही समय अगाडि गोलको खुसी मनाउन रङ्गशाला आएका केही समर्थक खेलाडीकै पाखुरामा मरेको दृश्य साँच्चै पीडादायक हो। सो घटना पनि एरेमा एफसीका पोर्तुगाली स्टार सर्जियो सिल्भाले घटनाको अवस्था वर्णन गर्नै नसक्ने कहाली लाग्दो भएको प्रतिक्रिया दिएका थिए। त्यहाँ आगो लागेको थियो भने सबै चिज भत्काएका थिए। कोरिडोरमा मानिसको रगतको टाटाहरू जताततै देख्न सकिन्थ्यो।
प्रहरी सङ्गठनले नै सुरुवातमा अश्रुग्यास चलाउन आदेश दिने १८ जना सुरक्षा कर्मी माथि छानबिन गरेको हो। दोषी ठहर गर्दै प्रहरी सङ्गठनले सेवामुक्त गर्नु घटनामा उनीहरू दोषी भएको थप आधार भएको मृतकको परिवार बताउँछन्। त्यसै समयमा इन्डोनेसियाका महिला तथा बालबालिका सहायक मन्त्रीले मृत्यु हुने बालबालिका तीनदेखि १७ वर्षबीचको भएको बताएका थिए।
एक प्रत्यक्षदर्शीका अनुसार प्रहरीले एकदमै छिटो असङ्ख्य मात्रामा अश्रुग्यास प्रहार गरेको थियो। ‘साना बच्चाहरू रोइ रहेका थिए। आमाहरू आत्तिएका थिए। रुवाबासी र चित्कार सबै तर्फ सुनिएको थियो,’ एक प्रत्यक्षदर्शीले भने। अर्का एक समर्थक पनि ढोकामा बढ्दो भिडकै कारण आफू बाहिर निस्कन नसकेको बताउँछन्।
एक प्रत्यक्षदर्शीका अनुसार प्रहरीले एकदमै छिटो असङ्ख्य मात्रामा अश्रुग्यास प्रहार गरेको थियो। ‘साना बच्चाहरू रोइ रहेका थिए।
भाग दौडको बीचमा थुप्रै अभिभावक रोइरहेका थिए। थुप्रै अभिभावकको छोराछोरी गुमाएको पीडामा अझै होस आएको छैन। त्यहाँका एक समर्थक मोहम्मद डिपु मलाउनका अनुसार खेल सकिने बित्तिकै सबै एरेमाका समर्थक आफ्ना खेलाडीलाई ढाडस दिन मैदानमा गएको समयमा प्रहरीले अश्रुग्यास प्रयोग गरेको होे।
सरकारले पनि घटनाको छानबिन गर्ने क्रममा प्रहरी प्रमुखलाई बर्खास्त गरिसकेको छ। घटना लगत्तै एमनेस्टी इन्टरनेसनलले छानबिनको आवाज उठाएको थियो। घटनामा इन्डोनेसिया फुटबल सङ्घ पनि जिम्मेवार नभएको भने होइन। ३८ हजार दर्शक क्षमता भएको रङ्गशालामा खेल भए पनि ४२ हजार टिकट बिक्री भएको थियो। घटनामा दुई प्रहरी पनि मारिएका थिए। त्यस समयमा एउटा मात्र ढोका खुलेको कारण अक्सिजन अभावका कारण धेरै मारिएका थिए।
सरकारले पनि घटनाको छानबिन गर्ने क्रममा प्रहरी प्रमुखलाई बर्खास्त गरिसकेको छ। घटना लगत्तै एमनेस्टी इन्टरनेसनलले छानबिनको आवाज उठाएको थियो।
इन्डोनेसिया फुटबल सङ्घका महासचिव महासचिव माइक इरा पुष्पिता त्यहाँ सुरक्षाका लागि थप प्रहरी तैनाथ गरिएको बताए पनि स्पष्टीकरणमा धेरै सहमत हुन सकेनन्। लगभग ५ महिनापछि न्यायालयले सो घटनाको फैसला सुनाएको छ। तथापि त्यो फैसलाले सबैलाई चित्त बुझ्दो भएन। कसैले पनि इतिहासको त्यो दर्दनाक घटना बिर्सन सक्दैनन्। त्यहाँका पीडितले त बिर्सने कुरै भएन। सायद इन्डोनेसियाको त्यो घटना अन्तर्राष्ट्रिय क्षेत्रमा चासोको विषय बन्ने छ। त्यहाँको न्यायालय माथि आम मानिसको भत्किएको विश्वास फेरिकायम हुन कठिन हुनेछ। स्रोत : बीबीसी, सीएनएन
प्रतिक्रिया