सोलेडाँडामा उद्यान निर्माण गरी सहिदका सालिक स्थापना  « Khabarhub

सोलेडाँडामा उद्यान निर्माण गरी सहिदका सालिक स्थापना 


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – तमानखोला गाउँपालिकाले विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्मानमा सोलेडाँडामा उद्यान निर्माण गरि सालिक स्थपाना गरेको छ ।

गाउँपालिकाले प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दकसहित सशस्त्र द्वन्द्वका बेला तमानखोलाबाट ज्यान गुमाएका दुर्गाबहादुर बुढा, प्रेम घर्तीमगर, ओमकार बुढा र गङ्गबहादुर पुनको सालिक स्थापना गरेको अध्यक्ष बुढा मगरले जानकारी दिए ।

सोलेडाँडालाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्न घोडाबाँधेदेखि ताराखोला, दुरलेक हुँदै सोलेडाँडाबाट ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन भइसकेको उनको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकमार्फत बुर्तिबाङ बजार हुँदै सोलेडाँडा पुग्न सकिने हुँदा केही वर्षमै सोलेडाँडाले मुहार फेर्न अध्यक्ष बुढा मगर बताउँछन् ।

उनी भन्छन्, “सोलेडाँडा देशकै मुख्य धार्मिक तथा पर्यटकीय गन्तव्यको बीच भागमा छ, लोकमार्ग हुँदै ढोरपाटन र सालझण्डी हुँदै मुक्तिनाथ जाने पर्यटक यहाँ आउने सक्छन्, अझ मुक्तिनाथ जाने मुख्य सडक त सोले हुँदै म्याग्दी जोडिने छ, अहिले सडक कच्ची हुँदा बाहिरी पर्यटक भित्र्याउन सकिएको छैन, केही वर्षमै यहाँका सडक स्तरोन्नति भए भने यो ठाउँ विदेशीको रोजाइमा पर्ने अपेक्षा लिएका छौँ ।”

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ११ : २६ बजे

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा