कुवेतमा नेपाली हस्तकला एवं घरेलु उत्पादन सामग्री प्रवर्द्धन  « Khabarhub

कुवेतमा नेपाली हस्तकला एवं घरेलु उत्पादन सामग्री प्रवर्द्धन 


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतमा नेपाली हस्तकला एवं घरेलु उत्पादनका सामग्रीसहित पर्यटन प्रवर्द्धन गरिएको छ ।

त्यहाँस्थित नेपाली दूतावास शनिबार कुवेतको अल बहर मनोरन्जन ऐतिहासिक गाउँमा स्थानीय कूटनीतिक महिला समितिले आयोजना गरेको कार्यक्रममा नेपाली हस्तकला एवं घरेलु उत्पादनका निर्यातयोग्य सामग्रीसहित नेपालको पर्यटन प्रवर्द्धनसँग सम्बन्धित दूतावासले तयार पारेका तथा नेपाल पर्यटन बोर्डबाट प्राप्त सामग्रीको प्रदर्शनी गरिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार महोत्सवमा नेपाली खानाका परिकार वितरण गर्नुका साथै नेपाली स्टल भ्रमणमा आउने आगन्तुकहरुलाई नेपाली उत्पादनका सामग्री लगायत नेपालको पर्यटनबारे जानकारी दिइएको जनाएको छ ।

उक्त महोत्सवमा उपस्थित पाहुनाहरूबीच कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले नेपालको पर्यटन उद्योगबारे प्रकाश पार्दै नेपाल भ्रमणका लागि सबैमा अनुरोध गरेका थिए ।

कार्यक्रममा कूटनीतिक महिला समितिका अध्यक्ष सुश्री नरगिस अल शत्तीले पनि नेपालको सुन्दरताको वर्णन गर्दै नेपाल भ्रमण गर्न सबैलाई अनुरोध गरिन् ।

कार्यक्रमको अन्त्यमा राजदूतले भण्डारीले सहभागीहरूबाट पर्यटनसँग सम्बन्धित विषयमा जस्तैः भिजा, हवाई सम्पर्क, भ्रमण गर्ने समय, स्थान आदिबारे राखिएको जिज्ञासाको संशोधन गरेका थिए । यसअघि पनि दूतावासले विभिन्न समयमा नेपाली हस्तकला एवं घरेलु उत्पादनको प्रवर्द्धन गर्दै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ९ : १८ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम