विद्युत् व्यापारमा स्वतन्त्र ट्रान्जिट सुविधा हुनुपर्छ | Khabarhub Khabarhub

विद्युत् व्यापारमा स्वतन्त्र ट्रान्जिट सुविधा हुनुपर्छ



नेपालसँग भइरहेको बहुपक्षीय विद्युत् व्यापारलाई त्रिपक्षीय बनाउन प्रयास गरिरहँदा विसं २०७४ सालमा भएको पावर ट्रेड अग्रिमेन्ट र त्यसमा भएका केही बुँदा हेर्नुपर्ने हुन्छ । मेरो विचारमा पावर ट्रेड अग्रिमेन्ट एउटा अन्तर्राष्ट्रिय स्तरमा पनि दृष्टान्त अग्रिमेन्ट हो। किनभने त्यसका भएका केही प्रावधान हामीले अन्य अन्तर्राष्ट्रिय अग्रिमेन्टको तुलनाका उदाहरण दिन लायकका छन् ।

त्यसले विद्युत् व्यापारलाई गैर विभेदकारी हुनुपर्छ कि भन्ने विषयलाई समेट्न खोजेको छ र विद्युत् व्यापारमा हुनसक्ने कर प्रकृतिका र गैर प्राकृतिक खालका कुनै पनि अवरोध हटाउँदै लैजाने भन्ने विषय त्यसले समेटेको छ ।

त्यसको आधारमा पिटिएले खडा गरेको आधारशिलामा नियमित रूपमा दर्ता भएका कम्पनी र काम गर्ने समूह बैठक बस्छ र त्यसले हासिल गरेको महत्त्वपूर्ण उपलब्धिलाई पनि हामीले सम्झनु आवश्यक हुन्छ ।

त्यसैले पहिलो काम त पिटिएका सम्पूर्ण पक्ष राष्ट्रले पिटिएमा भएका प्रावधानलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ । दोस्रो, विद्युतलाई  व्यापारको रूपमा हेर्दा वस्तु हो कि सेवा हो ? यसको आधारमा मात्र हामी विद्युतलाई बहुपक्षीय वा त्रिपक्षीय व्यापारको रूपमा अगाडि बढाउन सक्छौँ ।  ट्रेडको कुरामा विश्व व्यापार सङ्गठनले पनि विद्युत वस्तु हो वा सेवा हो त भनेर अगिंकार पनि गरेको छ । त्यसमा हार्माेनाईज कस्टम डकुमेन्टमा पनि विद्युतलाई पेसाका रूपमा वा सामानको रूपमा परिभाषित गरेको छ । भनेपछि व्यापारको हिसाबले हेर्दा विद्युतलाई वस्तु सामानको रूपमा हेर्न सकियो ।

यदि विद्युतलाई सामानको रूपमा हेर्न सकिन्छ भने त हामीले अन्तर्राष्ट्रिय स्तरमा गरेको सम्झौता भए अनुसारको  सिद्धान्तमा विद्युत सामान हुनसक्छ भने सामानचाहिँ फ्री र व्यवस्थित हुनुपर्छ भन्ने छ । त्यो सिद्धान्तलाई पनि हामीले केन्द्रबिन्दुमा राख्नुपर्छ ।

विद्युतलाई निर्बाध रूपमा फ्लो गर्ने, प्रसारण गर्ने वा प्रवाह गर्न सकिने ठाउँ रहेछ भने बिद्युत् प्रवाह गर्ने सक्ने संस्थालाई पनि सहभागी गराएर उनहरूलाई गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्छ । यसर्थ नेपालको कुनै निकायले यस क्षेत्रमा विद्युत् व्यापार गर्न पाउँछ भने त्यो निकायलाई सम्बन्धित राष्ट्रले अन्य ट्रेडलाई जस्तो व्यवहार गर्छ त्यस्तै व्यवहार गर्नु पर्छ ।

विद्युतलाई सामान ठान्ने हो भने जसरी अन्य वस्तुको निर्यात हुने स्वतन्त्र ट्रान्जिट सुविधा हुन्छ, यो सिद्धान्त यसमा पनि मान्नुपर्छ । किनभने हामीले विद्युत निर्यात गर्ने क्रममा सम्पूर्ण जहाँ जहाँबाट विद्युत प्रवाह हुन्छ । त्यो राष्ट्रले ट्रान्जिट गरेको शुल्क लिन सक्ला तर त्यो ट्रान्जिटमा अवरोध गर्नु भएन । यत्ति गरेपछि हामीले भन्नु पर्ने फोरममा बिस्तारै उठाउँदै लानुपर्छ । त्यसै बीचमा छोड्ने हो भने त्यो प्रयास असफल हुन सक्छन् ।

पिटिएको आधारशिला र डब्लुटिओको फेमवर्कमा बसेर हामीले हाम्रो ट्रेडको क्षेत्र व्यापक बनाउन सक्छौँ । त्यसको लागि अन्तर्राष्ट्रिय स्तरमा हुने प्रयासहरू भए र अब आन्तरिक रूपमा पनि जे जे गर्न सकिन्छ वा गर्नु पर्ने काम कानुनका प्रावधान सबै केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नुपर्छ भनेर निवेदन गर्न चाहन्छु ।

(खबरहबले आयोजना गरेको ‘ऊर्जा क्षेत्रमा चुनौती र अवसर–अन्तरक्रिया’ कार्यक्रममा अधिवक्ता सेमन्त दाहालले राखेको धारणा) 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ९ : ४५ बजे

आगलागीका घटनामा वृद्धि

काठमाडौं– सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको

हङकङ सिक्सेस खेल्ने नेपाली टिमको बिदाइ

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङ सुपर सिक्सेस खेल्ने

समयमै रासायनिक मल नल्याउँदा किसान समस्यामा

कञ्चनपुर– सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल

गुरु नानक जयन्ती मनाइँदै

काठमाडौं– सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न

रुसको पुनर्निर्माणका लागि उत्तर कोरियाले पठायो पाँच हजार सैनिक

सियोल – उत्तर कोरियाले ‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न रुसमा