ललितपुरले लियो ‘महाराज’ पाटेबाघको बार्षिक आहाराको जिम्मा « Khabarhub

ललितपुरले लियो ‘महाराज’ पाटेबाघको बार्षिक आहाराको जिम्मा


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सदर चिडियाखाना जावलाखेलमा रहेको एउटा पाटेबाघको आहार व्यवस्थापनको जिम्मेवारी ललितपुर महानगरपालिकाले लिएको छ ।

महानगर प्रमुख चिरीबाबु महर्जनले पाटेबाघको आहार व्यवस्थापनका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । आइतबार महानगर र सदर चिडियाखाना जावलाखेलबीच समझदारी पत्रमा हस्ताक्षर गरी सो चेक हस्तान्तरण गरेका छन् ।

महानगरले ५ वटा मध्ये ‘महाराजा’ नामक पाटेबाघको आहार ब्यवस्थापनको जिम्मा लिएको हो, जसलाई दैनिक ६ केजी मासु व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसअघि पनि महानगरले कोभिड–१९ संक्रमण अवधिमा वन्यजन्तु तथा पन्छीको आहार व्यवस्थापनका लागि १० लाख रुपैयाँ सहयोग गरेको थियो ।

सदर चिडियाखानामा रहेका ५ सय भन्दा बढी जनावर तथा पन्छीको आहार ब्यवस्थापनमा वार्षिक करिब ४ करोड रुपैयाँ खर्च लाग्ने चिडियाखाना प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १० : ५५ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको