चितवन-२ उपनिर्वाचन : कांग्रेसबाट ११ जना सिफारिस | Khabarhub Khabarhub

चितवन-२ उपनिर्वाचन : कांग्रेसबाट ११ जना सिफारिस


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन – आगामी वैशाख १० गते हुन गइरहेको चितवन-२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ ।

गत वैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय गरेको हो । साथै, पूर्व जिल्ला सभापति विकास कोइरालालगायतको  कारबाही फुकुवाको निर्णय लिँदै  केन्द्रमा पत्राचारसमेत गरेको छ ।

हिजो सम्पन्न बैठकले चितवन–२ का लागि सिफारिस भएका उमेदवारहरुमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ रहेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको चैत १ गतेको पत्रअनुसार क्षेत्रीय समितिबाट पार्टीको विधानको धारा ३२ ८ (क) अनुसार सो सिफारिस गरिएको क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले बताए । उनका अनुसार प्रदेश समिति र जिल्ला पार्टी पदाधिकारीको संयुक्त बैठकले सर्वसम्मत रूपमा उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

यसैगरी, सो बैठकले उपनिर्वाचनलाई सहज बनाउन र विजय हासिल गर्नका लागि यसअघि चितवन क्षेत्र नं २ बाट कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुवाको लागिसमेत माथिल्ला कमिटीलाई अनुरोध गर्ने निर्णयसहित पत्राचारसमेत गरेको छ ।

जसअनुसार कारबाही फुकुवा गर्न सिफारिस भएका नेताहरुमा कांग्रेस पूर्वजिल्ला सभापति विकास कोइराला, महासमिति सदस्य मीना खरेल, पूर्व सांसद् जगन्नाथ पौडेल, पूर्वसांसद् भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल, तरुण दलका पूर्वसचिव आनन्द राउत, क्षेत्रीय प्रतिनिधि जीतबहादुर थापालगायत छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १२ : १० बजे

आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी

काठमाडौं– निर्वाचनमा आयोगमा नयाँ दल दर्ता र पुराना दल खारेजीको

शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक: अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका

एनपीएलकै ‘बिग नेम’ डु–प्लेसिस, जो खेल्दैछन् विराटनगरबाट

काठमाडौं – गत वर्षको नेपाली प्रिमियर लिगमा आकर्षणको केन्द्रीय पात्र

नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने भएको

देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर