तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी मस्को पुग्दै « Khabarhub

तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी मस्को पुग्दै


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ आज रुसको राजधानी मस्को पुग्दैछन् ।

रुसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको रुसको भ्रमणमा निस्कन लागेका हुन् । सी जिनपिङको यो भ्रमणलाई विश्वले महत्त्वका साथ हेरेको छ ।

रुस र युक्रेन दुवै देशलाई युद्ध विरामका लागि आग्रह गरेका एक महिना पछि रुसी राष्ट्रपति पुटिनको निमन्त्रणामा चिनिया राष्ट्रपति सी तीन दिने राजकीय भ्रमणका लागि आज मस्को पुग्न लागेका हुन्।

भ्रमणमा सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जारी युद्धका बारेमा कुराकानीसहित विभिन्न सम्झौता हुने बताइएको छ।  परम्परागत मित्रतालाई मूर्तरुप दिने र ठूलो महत्त्व बोकेको यो भ्रमणले चीन र रुसबीचको रणनीतिक पारस्परिक विश्वास र सहयोगलाई प्रगाढ बनाउने चिनियाँ सञ्चारमाध्यमले ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

युद्धबिरामका लागि आग्रहसहित मध्यस्तकर्ता बन्ने प्रस्ताव गरे पनि युक्रेन–रुसको लडाईमा चीनले रुसको पक्षधरता देखाउँदै आएको छ। रुसमाथि अमेरिकालगायत पश्चिमा देशले लगाएको प्रतिबन्धको चीनले खुलेरै विरोधसमेत गरिरहेको छ तर पश्चिमा देशहरुले भने चीनले रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि गर्न खोजेको मध्यस्थतालाई पश्चिमा देशले विकृत आँखाले हेरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १२ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै