सोमबार नेप्से दोहोरो अंकले उकालो « Khabarhub

सोमबार नेप्से दोहोरो अंकले उकालो


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सातामा कारोबार हुने दोस्रो दिन सोमबार सेयर बजार उकालो लागेको छ ।

आज नेप्से सूचकमा २२.६५ अंकले उकालो लागि १९४९.०६ विन्दुमा पुगेको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९७ अंकले बढेर ३६६.५० विन्दुमा पुगेको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा आइएमइ जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ । यसको ७ करोड ६३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै एनआइसी एसियाको ६ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ ।

यता आज सबै उपसूचकहरुमा उकालो लागेको छ । उक्त उपसूचकहरु मध्ये ट्रेडिङ सुचकको ३.६४ प्रतिशत, होटल तथा पर्यटन र हाइड्रोपावर सूचक २ प्रतिशतले उकालो लागेको छ ।

आजको कारोबारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले सेयर मूल्य बढेको छ । यस कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ४ : ३५ बजे

सातापछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन

काठमाडौं- एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी