सरकारलाई समर्थन गर्छौं : राजमो अध्यक्ष केसी « Khabarhub

सरकारलाई समर्थन गर्छौं : राजमो अध्यक्ष केसी


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले सरकारलाई समर्थन गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले यसअघि सरकारलाई समर्थन नगरिएको भए पनि यसपटक विश्वासको मत दिने निर्णय गरिएको बताए ।

“प्रधानमन्त्री नियुक्त हुन नयाँ गठबन्धन बनाए पनि पछि पुरानै गठबन्धन कायम भयो । यसपाली अरु सबैले दिए भनेर होइन, राष्ट्रिय जनमार्चाले यसपाली समर्थन गर्नुपर्छ भन्ने निर्णय गरेको छ, सबैले समर्थन गरेका बेला हामीले समर्थन गरेनौँ, हामीले एक्लै अडान लियौँ”, उनले भने ।

उनले मुलुकको अर्थतन्त्र, नेपाली जनताको अवस्था, बेरोजगारी समस्या समाधानमा भन्दा पनि दलको चिन्ता सरकार टिकाउने र गिराउने खेलमा केन्द्रित रहेको बताए । “सत्ता र शक्तिका लागि मात्र नलडौँ, राष्ट्र र जनताको समस्यालाई विचार गरौँ”, उनले भने ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ४ : ५४ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा