सरकारलाई समर्थन गर्छौं : राजमो अध्यक्ष केसी « Khabarhub

सरकारलाई समर्थन गर्छौं : राजमो अध्यक्ष केसी


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले सरकारलाई समर्थन गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले यसअघि सरकारलाई समर्थन नगरिएको भए पनि यसपटक विश्वासको मत दिने निर्णय गरिएको बताए ।

“प्रधानमन्त्री नियुक्त हुन नयाँ गठबन्धन बनाए पनि पछि पुरानै गठबन्धन कायम भयो । यसपाली अरु सबैले दिए भनेर होइन, राष्ट्रिय जनमार्चाले यसपाली समर्थन गर्नुपर्छ भन्ने निर्णय गरेको छ, सबैले समर्थन गरेका बेला हामीले समर्थन गरेनौँ, हामीले एक्लै अडान लियौँ”, उनले भने ।

उनले मुलुकको अर्थतन्त्र, नेपाली जनताको अवस्था, बेरोजगारी समस्या समाधानमा भन्दा पनि दलको चिन्ता सरकार टिकाउने र गिराउने खेलमा केन्द्रित रहेको बताए । “सत्ता र शक्तिका लागि मात्र नलडौँ, राष्ट्र र जनताको समस्यालाई विचार गरौँ”, उनले भने ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ४ : ५४ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा