चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० मै उपचुनाव हुने « Khabarhub

चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० मै उपचुनाव हुने


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ १ र बारा २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

‘निर्वाचन आयोगको आज मिति २०७९ चैत ६ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत २०८० साल बैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्नुका साथै उक्त दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको सांसद पद स्वतः रिक्त हुने व्यवस्थाबमोजिम उपनिर्वाचन गर्न लागिएको हो । तनहुँ १ का निवर्तमान सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का निवर्तमान सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रमबमोजिम नै हुने व्यवस्था गरिएको छ । रास्वपा सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसद पद गुमाएपछि चितवन २ मा पनि आगामी वैशाख १० मा निर्वाचन हुने गरी मिति तोकिएको छ ।

आयोगका अनुसार २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनका निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।

उक्त उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई मिति २०७९ चैत ८ गतेदेखि मिति २०७९ चैत १२ गतेसम्म नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने गरी दल दर्ताको सूचना जारी आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ५ : ०० बजे

छ महिनामा जे गरियो, त्यो राम्रो गरियो : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन र

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ