'बीमा बजारको दिगो वृद्धिको पहिलो शर्त नै व्यावसायिक अभिकर्ता' | Khabarhub Khabarhub

‘बीमा बजारको दिगो वृद्धिको पहिलो शर्त नै व्यावसायिक अभिकर्ता’


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरोकारवालाहरुले बीमा बजारको दिगो वृद्धिको पहिलो शर्त भनेको व्यावसायिक अभिकर्ता भएको बताएका छन् ।

राष्ट्रिय बीमा संस्थानले राजधानीमा आयोजना गरेको ‘जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रम’ का सहभागीहरुले विश्वमै जीवन बीमा व्यवसाय अभिकर्ताबिना सम्भव नै नहुने बताएका हुन् ।

उनीहरुले बीमा अभिकर्ता व्यापारिक केन्द्र वा डिलर भएकाले बीमालेख वितरणको भरपर्दो माध्यम भएको बताएका हुन् । यस माध्यमलाई नियामक निकाय वा बीमा प्राधिकरणले सुव्यवस्ति बनाइदिँदा अझ बढी बजार विस्तारमा सहजता छाउने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा ‘जीवन बीमा र व्यवसायिक सफलता’ विषयमा प्रस्तुति दिँदै प्राइम लाइफका पूर्वकार्यकारी अधिकृत मनोजकुमार भट्टराईले बीमा कम्पनीका तर्फबाट अभिकर्ता नै ग्राहकसँगसाक्षत्कार गर्ने पहिलो अन्डरराइटर भएको बताए ।

कम्पनीको अभिकर्ताप्रति परम विश्वास हुने भन्दै उनले भने, ‘ग्राहक आफैं कम्पनीमा नगन्य मात्रामा आउँछन् तर अभिकर्ताहरूले उनीहरूको विश्वासमा ग्राहक तान्छन् । अभिकर्ताकै विश्वासमा ग्राहक आकर्षित हुन्छन् र बीमाको व्यापार बढ्छ । यसकारण अभिकर्ता बीमा व्यवसायका मेरुदण्ड हुन् ।’

संस्थानका प्रशासक कविप्रसाद पाठकले व्यवसायलाई कसरी स्वस्थ ढंगले अगाडि बढाउने भन्नेमा अभिकर्ताको भूमिकाको चर्चा गर्दै अभिकर्ता पेसालाई व्यावसायिक बनाउन उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवद्र्धन गर्दै लैजाने नीतिअनुरुप कम्पनीले यसप्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए ।

अभिकर्ताहरुको मनोबल उच्च बनाई थप उत्प्रेरित र जवाफदेही बनाउने, कर्मचारी र अभिकर्ताहरुबीच पारस्परिक सहयोग र सहकार्यको कार्यमूलक वातावरण निर्माण गरी बीमा व्यवसायको विकास र विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

कम्पनीका शाखा तथा बजार व्यवस्थापन विभागकी प्रमुख दिपा अधिकारीले बीमा क्षेत्रको विद्यमान अवस्था र संस्थानको विद्यमान अवस्थाका बारेमा प्रस्तुति दिएकी थिइन् ।

संस्थानका वरिष्ठ अभिकर्ता हरिशरण शिवाकोटीले अहिले बजारलाई आवश्यक भइरहेको दक्ष अभिकर्ताको उत्पादन गर्नु आजको आवश्यकता भएको भन्दै यसमा नेपाल सरकार, बीमा प्राधिकरण, बीमा कम्पनी, बिमित तथा अभिकर्ता सबैले ध्यान दिनुपर्ने बेला आएको बताए ।

अभिकर्ताले गर्ने बजारीकरणले घर–घरबाटै बीमा गराउने बीमित बढाउदै बीमाको पहुँच समेत बृद्धि गर्ने भन्दै उनले बजारको माग अनुसार नयाँ जीवन बीमा योजनाहरुको पहिचान गरी ल्याउनका लागि व्यवस्थापनको ध्यानाकर्षण गराएका थिए ।

संस्थानमा निरन्तर कार्यरत उत्कृष्ट अभिकर्ताहरुको सहभागीता रहेको कार्यक्रममा अभिकर्ताहरुको व्यवसायिक विकास, बजार अवस्था, समस्या तथा समाधानका उपायबारेमा पनि छलफल भएको थियो ।

संस्थानको निर्धारित लक्ष्य प्राप्त गर्ने सिलसिलामा आइपरेका बाधा अवरोध तथा समस्याका साथै सबै पक्ष बीचको बुझाइमा एकरुपता कायम गर्दै विद्यमान समस्या र अप्ठेराहरुको समाधानका उपायहरु पहिल्याउने विषयमा पनि कार्यक्रममा छलफल भएको थियो ।

जीवन बीमा गर्ने अभिकर्ताको सेवा, शर्त र सुविधा सम्बन्धी पनि सो अवसरमा छलफल भएको थियो । कार्यक्रममा संस्थानका सहायक प्रशासक कृष्ण कुमार श्रेष्ठ, नायब महाप्रबन्धक महेश रिमाल, एजेन्सी विभाग प्रमुख चुडाराज अधिकारी, अभिकर्तासंघका प्रतिनिधि तथा संस्थानका विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरुको समेत करिब ८० जनाको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ५ : ११ बजे

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ