ऊर्जाको विकासका लागि भौतिक पूर्वाधार आवश्यक : मुख्यमन्त्री शाह | Khabarhub Khabarhub

ऊर्जाको विकासका लागि भौतिक पूर्वाधार आवश्यक : मुख्यमन्त्री शाह


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा ऊर्जाको विकासमा सम्भावना र चुनौतीबारे सरोकारवालाहरूले चासो व्यक्त गरेको छन् । खबरहब र स्वतन्त्र ऊर्जा उत्पादक संघ इपान सुदूरपश्चिम प्रदेश समितिले काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले सुदूरपश्चिम प्रदेशमा ऊर्जाको विकासमा सम्भावना र चुनौतीबारे चासो व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, प्रदेशका अर्थमन्त्री नरेशबहादुर शाही, ऊर्जा उद्यमीलगायतले प्रदेशमा ऊर्जाको विकास सम्भावना र चुनौतीबारे धारणा राखेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री कमल शाहले ऊर्जाको विकास गर्ने हो भने सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधारलाई ध्यानमा राख्नुपर्ने आवश्यकता औँल्याए । उनले भने ‘१६५ मेगावाट विद्युत् उत्पादन भइसकेको छ तर ट्रान्समिसन लाइन नभएको कारणले समस्यामा जान सक्छ ।’

प्रदेशमा भएका आयोजनाहरूलाई सरकारी तवरबाट दीर्घकालीन र दिगो रुपमा अगाडि बढाइने र उक्त क्षेत्रमा भएका यातायातको समस्या समेत समाधान गर्ने मुख्यमन्त्री शाहको भनाइ छ । नयाँ भइरहेका परियोजनालाई सहजीकरण गर्दै सरकारले लगानीकर्तासँग छलफल गरेर अगाडि बढ्ने मुख्यमन्त्री शाहले बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, प्रदेशका अर्थमन्त्री नरेशबहादुर शाही, प्रतिनिधिसभा सांसद दिलेन्द्रप्रसाद बडू, खबरहबका अध्यक्ष नरेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : १४ बजे

कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.  शेखर कोइराला समूहका नेताहरूको बैठकले

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक