ऊर्जाको विकासका लागि भौतिक पूर्वाधार आवश्यक : मुख्यमन्त्री शाह « Khabarhub

ऊर्जाको विकासका लागि भौतिक पूर्वाधार आवश्यक : मुख्यमन्त्री शाह


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा ऊर्जाको विकासमा सम्भावना र चुनौतीबारे सरोकारवालाहरूले चासो व्यक्त गरेको छन् । खबरहब र स्वतन्त्र ऊर्जा उत्पादक संघ इपान सुदूरपश्चिम प्रदेश समितिले काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले सुदूरपश्चिम प्रदेशमा ऊर्जाको विकासमा सम्भावना र चुनौतीबारे चासो व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, प्रदेशका अर्थमन्त्री नरेशबहादुर शाही, ऊर्जा उद्यमीलगायतले प्रदेशमा ऊर्जाको विकास सम्भावना र चुनौतीबारे धारणा राखेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री कमल शाहले ऊर्जाको विकास गर्ने हो भने सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधारलाई ध्यानमा राख्नुपर्ने आवश्यकता औँल्याए । उनले भने ‘१६५ मेगावाट विद्युत् उत्पादन भइसकेको छ तर ट्रान्समिसन लाइन नभएको कारणले समस्यामा जान सक्छ ।’

प्रदेशमा भएका आयोजनाहरूलाई सरकारी तवरबाट दीर्घकालीन र दिगो रुपमा अगाडि बढाइने र उक्त क्षेत्रमा भएका यातायातको समस्या समेत समाधान गर्ने मुख्यमन्त्री शाहको भनाइ छ । नयाँ भइरहेका परियोजनालाई सहजीकरण गर्दै सरकारले लगानीकर्तासँग छलफल गरेर अगाडि बढ्ने मुख्यमन्त्री शाहले बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, प्रदेशका अर्थमन्त्री नरेशबहादुर शाही, प्रतिनिधिसभा सांसद दिलेन्द्रप्रसाद बडू, खबरहबका अध्यक्ष नरेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : १४ बजे

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको