वीरगञ्जमा ई–रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

वीरगञ्जमा ई–रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा एक जना पक्राउ


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ई–रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको वीमनपा १ ह १–०११८ नम्बरको ई–रिक्सा चेकजाँच गर्दा ठूलो मात्रामा लागूऔषध बरामद गरेको हो ।

चेकजाँचको क्रममा ई–रिक्साको सिटमुनि लुकाई ल्याइएको प्रतिबन्धित लागूऔषध ओनेरेक्स सय एमएलको एक सय ७८ बोतल बरामद गरेको थियो ।

लागूऔषध बरामद भएपछि ई–रिक्सा चालक वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने २० वर्षीय बलजित यादवलाई पनि पक्राउ गरिएको पर्साका प्रहरीले जानकारी दिएको छ ।

यादलाई लागूऔषध मुद्दामा अदालतबाट सात दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको गिरीले बताए ।

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ६ : ३५ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास