जसपाकी मञ्जु शर्मा समानुपातिक सांसद निर्वाचित « Khabarhub

जसपाकी मञ्जु शर्मा समानुपातिक सांसद निर्वाचित


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) की नेतृ मञ्जु शर्मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएको जानकारी गराएको छ ।

आयोगको आज बसेको बैठकले शर्मालाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको जानकारी दिएको हो ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा निर्वाचित भएकी हुन् । विसं २०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको क्रम ५२, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमानको निधन भएपछि सो पद रिक्त भएको थियो ।

सो रिक्त पदमा बन्दसूचीको क्रम ५३, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहेकी शर्मा निर्वाचित भएको आयोगले आज प्रकाशित गरेको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ । शर्मालाई प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा ३८ को उपदफा (२) सँग सम्बन्धित अनुसूची–३० बमोजिमको प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको आयोगको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको निर्णयको जानकारी सङ्घीय संसद् र सम्बन्धित दललाई दिइने सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : ०० बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने