व्यवसायीको माग सम्बोधन भएन, अब सरकारविरुद्ध आन्दोलन आवश्यक छ : उमेशलाल श्रेष्ठ « Khabarhub

व्यवसायीको माग सम्बोधन भएन, अब सरकारविरुद्ध आन्दोलन आवश्यक छ : उमेशलाल श्रेष्ठ


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका उमेशलाल श्रेष्ठले व्यवसायीको माग सम्बोधन नगरेको भन्दै अब सरकारविरुद्ध आन्दोलनको आवश्यकता रहेका बताएका छन् ।

‘हामी उद्यमी व्यवसायीमा आन्दोलन, नारा, जुलुस भन्ने हुँदैन, हामीले व्यापार व्यवसाय गरी सरकारलाई कर तिरेर नाफा कमाउने हो,’ नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सभामा बोल्दै उनले भने, ‘अहिले हामी यस्तो अवस्थाबाट गुज्रिएका छौं कि आफ्ना माग सुनवाई गर्नपनि सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको छ ।’

अहिले सरकारले व्यवसायीका माग सुनुवाई नगरेकै कारण समस्या झन् जटिल बन्दै गएको उनको भनाइ थियो । अहिलेको समस्या समाधान गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकको मध्यस्थता हुनुपर्ने उनको तर्क छ ।

यस्तै, पछिल्लो समय उद्योगी व्यवसायीको ब्यापार घट्नुका साथै बजारबाट उधारो समेत नउठेका कारण अहिले बैंकको किस्ता र ब्याज तिर्न नसक्ने अवस्थामा पुगिएको उनले जानकारी दिए ।

‘अहिले दैनिक रुपमा बैंकको किस्ता र ब्याज तिर्नका लागि पत्रिकामा तीनपुस्ते सहित सूचना प्रकाशित हुने गरेको छ,’ उनले भने, ‘अहिलेको जटिल अवस्थामा उद्योगी व्यवसायीलाई बचाउनका लागि सरकार र राष्ट्र बैंकले समन्वय गरी कर्जाको किस्ता र ब्याजको पुर्नतालिकीकरण गर्नुपर्छ ।’

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : ०६ बजे

युद्धरत इरान-युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

तेहरान- क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमा भएको ड्रोन आक्रमणपछि

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै होइनन् : पासाङ दावा

काठमाडौं– सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको