शुक्लाफाँटामा बढ्दै कृष्णसार « Khabarhub

शुक्लाफाँटामा बढ्दै कृष्णसार


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको सङ्ख्या बढ्दै गएको छ ।विसं २०६९ मा ललितपुरको सदर चिडियाखाना र विसं २०७२ मा बर्दिया खैरापुरबाट ४२ कृष्णसार यहाँ स्थानान्तरण गरिएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर कृष्णसारको सङ्ख्या बर्सेनि उल्लेख्य मात्रामा वृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । गत शुक्रबार सम्पन्न भएको गणनाअनुसार कृष्णसारको सङ्ख्या बढेर दुई सय ५१ पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए । पछिल्लो गणनाअनुसार भाले वयस्क ६५ र पोथी वयस्क ८७ वटा कृष्णसार रहेका छन ।

पूर्ण वयस्क नभएका पोथीको सङ्ख्या २३ वटा रहेको छ भने पूर्ण वयस्क नभएका भाले कृष्णसारको सङ्ख्या २४ वटा रहेको छ । त्यसैगरी ५२ वटा पाठापाठी छन । “गत फागुनमा गणना हुँदा कृष्णसारको सङ्ख्या दुई सय ३७ वटा रहेको थियो”, सहायक संरक्षण अधिकृत ऐरले भने, “चैत पहिलो साता सम्पन्न गणनामा यो सङ्ख्या बढेर दुई सय ५१ पुगेको छ ।”

उनले हिरापुर फाँटामा कृष्णसारका लागि पर्याप्त वासस्थान रहेको बताए । “सन् १९६० मा अन्तिम पटक हिरापुर फाँटामा कृष्णसार देखिएपछि अन्यत्रबाट यहाँ स्थानान्तरण गरी यहाँ कृष्णसार ल्याइएको हो”, उनले भने , “सात दशमलव ७५ हेक्टर क्षेत्रफलबाट सुरुआत गरेको कृष्णसारको वासस्थान अहिले करिब ५९ वर्गकिलोमिटर पुगेको छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसारको सङ्ख्या बढ्न थालेपछि निकुञ्ज भित्रैकै अन्य स्थानमा पनि स्थानान्तरण गर्ने विषयमा अध्ययन भइरहेको छ । “यहाँ कृष्णसार बढ्दै छन्, यहाँबाट अन्यत्र स्थानान्तरणका लागि पनि छलफल भइरहेको छ”, उनले भने, “निकुञ्जभित्रै अन्य स्थानमा स्थानान्तरणका लागि पनि छलफल चलिरहेको छ ।” केही वर्षयता उत्साहजनक ढङ्गले कृष्णसारको सङ्ख्या वृद्धि हुन थालेपछि कृष्णसार व्यवस्थापनका लागि छलफल भइरहेको हो ।

शुक्लाफाँटा रािष्ट्रय निकुञ्ज बाह्रसिङ्गाको प्रमुख वासस्थान हो । गत वर्षको राष्ट्रिय गणनाअनुसार यहाँ बाघको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्ष गरिएको राष्ट्रिय गणनामा यहाँ बाघको सङख्या ३६ पुगेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ९ : १० बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर