कार्यशाला गरेर छायाङ्कनमा जाँदै ‘नाङ्गो गाउँ’ | Khabarhub Khabarhub

कार्यशाला गरेर छायाङ्कनमा जाँदै ‘नाङ्गो गाउँ’


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – समीक्षक हुँदै चलचित्र निर्देशक बनेका दीपेन्द्र लामाले छायाङ्कन अगाडि कार्यशालाको आयोजना गरेका छन्। आफ्नो निर्देशनमा तयार हुने चलचित्र ‘नाङ्गो गाउँ’ को सम्पूर्ण कलाकारलाई दुई साता अभ्यास गराइएको उहाँले जानकारी दिए ।

“यसले आफ्नो चरित्रप्रति कलाकारलाई स्पष्ट बनाउँछ । एकसाथ कार्यशाला गर्दा दृश्यलाई बलियो बनाउन सबैले उत्तिकै मेहनत गर्नुहुन्छ”, निर्देशक लामाले भने, “कलाकार तथा प्राविधिकहरूको सक्रियतापूर्वक सहभागिता जनाउनुभयो । मैले पनि कतिपय पक्षमा स्पष्ट हुने र सिक्ने अवसर पाएँ ।”

कलात्मकसँगै प्राविधिक रुपमा परिपक्व बनाउन कार्यशालामा निर्देशन, प्रोडक्सन डिजाइन, छायाङ्कन र कस्ट्युम समूहको सहभागिता रहेको निर्देशक लामाले बताए ।

अभिनेता दयाहाङ राई, कार्म, मिरुना मगर, शिशिर बाङ्देल, बुद्धि तामाङ, अङ्कित खड्का र रवीन्द्र झा सहभागी कार्यशालामा पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य–तथ्य संरचनाका विषयमा छलफल भएको थियो । “कुनै पनि पात्रले बोल्ने संवाद, लगाउने पहिरनसँगै कथालाई अगाडि बढाउन उसको के भूमिका छ ? लगायतको कुरा विश्लेषण हुँदा हामी स्पष्ट भयौँ”, अभिनेता राईले भने ।

यसले छायाङ्कनमा समय कम लाग्ने निर्माण पक्षको विश्वास छ । कार्यशालाको सहजीकरण राजेश विश्वकर्माले गरेका थिए । निर्देशक लामा स्वयम्को लेखन रहेको चलचित्रको छायाङ्कन यही चैत १० देखि काभ्रेमा सुरु हुनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ९ : ५० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार