कार्यशाला गरेर छायाङ्कनमा जाँदै ‘नाङ्गो गाउँ’ « Khabarhub

कार्यशाला गरेर छायाङ्कनमा जाँदै ‘नाङ्गो गाउँ’


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – समीक्षक हुँदै चलचित्र निर्देशक बनेका दीपेन्द्र लामाले छायाङ्कन अगाडि कार्यशालाको आयोजना गरेका छन्। आफ्नो निर्देशनमा तयार हुने चलचित्र ‘नाङ्गो गाउँ’ को सम्पूर्ण कलाकारलाई दुई साता अभ्यास गराइएको उहाँले जानकारी दिए ।

“यसले आफ्नो चरित्रप्रति कलाकारलाई स्पष्ट बनाउँछ । एकसाथ कार्यशाला गर्दा दृश्यलाई बलियो बनाउन सबैले उत्तिकै मेहनत गर्नुहुन्छ”, निर्देशक लामाले भने, “कलाकार तथा प्राविधिकहरूको सक्रियतापूर्वक सहभागिता जनाउनुभयो । मैले पनि कतिपय पक्षमा स्पष्ट हुने र सिक्ने अवसर पाएँ ।”

कलात्मकसँगै प्राविधिक रुपमा परिपक्व बनाउन कार्यशालामा निर्देशन, प्रोडक्सन डिजाइन, छायाङ्कन र कस्ट्युम समूहको सहभागिता रहेको निर्देशक लामाले बताए ।

अभिनेता दयाहाङ राई, कार्म, मिरुना मगर, शिशिर बाङ्देल, बुद्धि तामाङ, अङ्कित खड्का र रवीन्द्र झा सहभागी कार्यशालामा पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य–तथ्य संरचनाका विषयमा छलफल भएको थियो । “कुनै पनि पात्रले बोल्ने संवाद, लगाउने पहिरनसँगै कथालाई अगाडि बढाउन उसको के भूमिका छ ? लगायतको कुरा विश्लेषण हुँदा हामी स्पष्ट भयौँ”, अभिनेता राईले भने ।

यसले छायाङ्कनमा समय कम लाग्ने निर्माण पक्षको विश्वास छ । कार्यशालाको सहजीकरण राजेश विश्वकर्माले गरेका थिए । निर्देशक लामा स्वयम्को लेखन रहेको चलचित्रको छायाङ्कन यही चैत १० देखि काभ्रेमा सुरु हुनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ९ : ५० बजे

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

वागमती– सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,