विराट गोल्ड कप चैत ९ गतेदेखि, विजेतालाई २० लाख पुरस्कार « Khabarhub

विराट गोल्ड कप चैत ९ गतेदेखि, विजेतालाई २० लाख पुरस्कार


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विराटनगरमा यही चैत ९ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको ‘विराट गोल्डकप’को सम्पूर्ण तयारी पूरा भएको छ । विराट गोल्ड कप आयोजक समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय शहीद रङ्शालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने जानकारी दिइयो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका छ क्लब, भारतको एक र भूटानको एक क्लबले ‘नकआउट’ आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालका विभागीय क्लबहरू एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, सङ्कटा, जवालाखेल र विराटनगर सिटी फुटबल क्लब छन् भने लुका सकर क्लब केरला भारत र ड्रुक लयुल फुटबल क्लब भूटान रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक समितिका सहसंयोजक सुभाशिष कोइरालाले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १० : ०३ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०