सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगबारे छलफल सुरु « Khabarhub

सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगबारे छलफल सुरु


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेवारी र तामाङ भाषाको बाहुल्य रहेको बागमती प्रदेशमा नेपालीसँगै सरकारी कामकाजको भाषाका रूपमा नेवारी र तामाङ भाषा प्रयोगका लागि कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा तामाङ र नेवारी भाषा कार्यान्वयन समितिको सम्पन्न बैठकले नेवारी र तामाङ भाषा कार्यावन्यनको प्रक्रिया अगाडि बढाएको हो ।

बैठकले तामाङ र नेवारी भाषा कार्यावन्यनका लागि एक महिनाभित्र ऐन ल्याउने र त्यसपछि कार्यान्वयन गर्ने भएको जनाएको छ । धेरै सङ्ख्यामा तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आमनागरिकलाई थप सहज वातावरण बनाउनका लागि सो भाषासम्बन्धी ऐन ल्याउन लागिएको मुख्यमन्त्री कट्टेलले जानकारी दिए ।

भाषा कार्यान्वयन समितिका अध्यक्ष तथा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले एक महिनाभित्र भाषा कार्यान्वयन प्रक्रिया पूरा गर्नका लागि वैशाखभित्र संसद्मा पेश गरिने बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १० : ३७ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग