म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा  | Khabarhub Khabarhub

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा 


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब बायर्न म्युनिखसँग क्वाटरफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेको भए पनि समग्रमा ४–१ को जितसहित सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । सिटीले क्वाटर फाइनलको पहिलो लेगमा ३–० को जित निकालेका कारण उसलाई सेमिफाइनलमा जान सहज भएको हो ।

एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा सिटीका लागि एर्लिङ ब्राउट हालान्ड र घरेलु टोली बायर्नका योसुवा किम्मिखले  १–१ गोल गरेर खेललाई बराबरीमा राखेका हुन ।

पहिलो हाफमा सिटीका हालान्डले पेनाल्टी चुकाएका थिए, जसका कारण पहिलो हाफ गोलरहित बराबरीमा रहन पुग्यो । तर, पेनाल्टीमा चुके पनि हालान्डले ५७औं मिनेटमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।

खेल रोमाञ्चकारी र प्रतिस्पर्धात्मक हुँदै जाँदा ८३औं मिनेटमा योसुवा किम्मिखले गोल गरे पछि खेल १–१ को बराबरीमा पुग्यो । उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।

त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको भए पनि समग्रमा जित निकाल्दै सिटी सेमिफाइनलको यात्रा तय गर्न सफल भयो।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ८ : १२ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार