म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा  « Khabarhub

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा 


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब बायर्न म्युनिखसँग क्वाटरफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेको भए पनि समग्रमा ४–१ को जितसहित सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । सिटीले क्वाटर फाइनलको पहिलो लेगमा ३–० को जित निकालेका कारण उसलाई सेमिफाइनलमा जान सहज भएको हो ।

एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा सिटीका लागि एर्लिङ ब्राउट हालान्ड र घरेलु टोली बायर्नका योसुवा किम्मिखले  १–१ गोल गरेर खेललाई बराबरीमा राखेका हुन ।

पहिलो हाफमा सिटीका हालान्डले पेनाल्टी चुकाएका थिए, जसका कारण पहिलो हाफ गोलरहित बराबरीमा रहन पुग्यो । तर, पेनाल्टीमा चुके पनि हालान्डले ५७औं मिनेटमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।

खेल रोमाञ्चकारी र प्रतिस्पर्धात्मक हुँदै जाँदा ८३औं मिनेटमा योसुवा किम्मिखले गोल गरे पछि खेल १–१ को बराबरीमा पुग्यो । उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।

त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको भए पनि समग्रमा जित निकाल्दै सिटी सेमिफाइनलको यात्रा तय गर्न सफल भयो।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ८ : १२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी