पप जोडीको सङ्गीत युद्ध | Khabarhub Khabarhub

पप जोडीको सङ्गीत युद्ध


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

‘पीडाको बाबजुद म लगातार युद्ध लडी रहेछु। विश्वमा आगो बाली रहेको छ। तर तिमीले कला प्रस्तुत गर्नै पर्छ,’ लवीवको डान्स क्लबमा ६०० जना उपस्थित छन्। त्यहाँ एउटा शब्दको प्रयोग हुने गरेको छ, टिभोर्ची। नाइजेरियन युक्रेनी सो पपले युरो भिजन २०२३ मा सहभागिता जनाउने भएको छ। सो युक्रेनी पपका प्रस्तोता जेफ्रीले उत्साहित हुँदै आफ्नो धारणा राखेका छन्।

तिनीहरूले क्लबमा उनीहरूको लोकप्रिय गीत हर्ट अफ स्टिल प्रस्तुत गर्ने छन्। रातको समयमा कर्फ्यु सुरु हुनु अगाडी नै सो कार्यक्रम सकी सक्छ। जेफ्रीले अग्र भागमा रहेर भिडलाई नियन्त्रण गरी रहेका थिए। उनी युक्रेनी र अङ्ग्रेजी भाषा दुवैमा विज्ञ छन्। आन्द्रेइको स्वरमा पनि कम्तीको मिठास छैन। यी दुवैको मानसपटलमा रुस र युक्रेन हटाउन सक्दैन।

गत वर्ष युरो भिजनका लागि देशबाटै छनोट भए पनि उनीहरूको युरो भिजनमा देशको भार ग्रहण गर्ने जिम्मेवारी बढेको छ। यो गीत तयार हुँदाको अनुभव उनीहरू सुनाउन पछि पर्दैनन्। गत वर्ष मारिओपुलमा युक्रेनका रक्षकहरू अज्भाटोलको सडकमा गरेको सङ्घर्षको कथालाई उतारिएको छ। आन्द्रेइले त्यसै समयमा यो लेखेका थिए।

‘यो ती बहादुर व्यक्तिहरूको कथा हो, जसले नकारात्मक समयमा सकारात्मक प्रवृत्ति देखाए’, आन्द्रेइले भने, ‘अन्तबाट आएर हाम्रो सबै हडप्न खोज्नेलाई हामी जित्न सक्छौं। यदि हामीले युरो भिजन नै जित्न सक्यौं भने यो अझ धेरै महत्त्वपूर्ण हुनेछ।’ जेफ्रीले स्टेजमै केही व्यक्तिलाई गुमाइरहेको दृश्य हेर्ने हो भने युक्रेनले यस वर्ष होम एडभान्टेज गुमाइ रहेको प्रस्टसँग बुझ्न सक्छौं।

सन् २०२२ मा कालुस ओस्टेकाको गीत स्टेफानीयाले हात पारको जितसँगै युक्रेन तेस्रो पटक आयोजक राष्ट्र हुन सक्थ्यो। रुसले युक्रेन माथिको आक्रमणलाई निरन्तरता दिएपछि यो वर्षको आयोजनाको जिम्मेवारी फेरिएर लन्डन पुगेको हो। ‘केही क्षति भएन,’ दार्शनिक रूपले जेफ्रीले भने, ‘हामीलाई कारण थाहा छ र हामीले बेलायतले भव्यताको साथ कार्यक्रम सञ्चालन गरोस् भन्ने चाहन्छौं।’

टिभोर्चीलाई यस वर्ष युरो भिजनको तयारी गर्नु पनि कठिन छ। उनीहरूको रिहर्सललाई समय समयमा हवाई आक्रमण र बज्ने गरेका साइरनले बिथोल्ने गरेका छन्। ‘हामी सेल्टरमा जान्छौ र अन्य युक्रेनी झैँ चल्न सुरु गर्छौ’ आन्द्रेइले भने।

कहीँ दर्शकलाई उनीहरूको प्रदर्शन हेर्ने भोक चलेको छ। त्यसो त उनीहरूलाई पनि गत संस्करणको झैँ गएर दर्शकमा उफ्रन मन नभएको त कहाँ हो। तर यस वर्ष बेलायतको भूमिमा सायद युक्रेनी दर्शक हुने छैनन्। ‘यो संस्कृति हो। यो भाषा हो र यो सङ्गीत हो। यो अपरम्पर छ। यसलाई प्रस्तुत गर्दा पनि आनन्द आउँछ नै,’ आन्द्रेइले भने।

टिभोर्चीको कथा सन् २०१६ मा टेमोफिलबाट सुरु हुन्छ। सो समयमा नै जेफ्रीले नाइजेरियाबाट युक्रेनको यात्रा गरेका थिए। उनी पिक्चरक्यु लेट सिटीमा पुगेका थिए। आन्द्रेइले पनि त्यस्तै अनुभूत गरेका थिए। उनले जेफ्रीलाई सडक पार गरी रहेको देखे। उनलाई पनि अङ्ग्रेजीमा अनुवाद गर्न जान्ने कोही चाहिएको थियो।

यो प्रस्तावले जेफ्री खसी भए। तर उनलाई पनि युक्रेनीका लागि कसैको सहयोग चाहिएको थियो। त्यसपछि उनीहरूको बिचमा सहकार्य भएको हो। त्यसै सहकार्य पुरा गर्न उनीहरू बियर पिउँदै यात्रा गरेको अझै ताजै छ। सडकबाट सुरु भएको उनीहरूको त्यो सहयात्राले केही समयै ठुलो स्टेजहरू तताउन सुरु गरेको हो।

सन् २०१८ मा उनीहरूले तीन वटा एल्बम ल्याए। सोही वर्ष उनीहरूले युरो भिजनमा पनि आफ्नो भाग्य परीक्षण गरेका थिए। त्यसपछि सुरु भएको उनीहरूको यो अभियानले गत मे मा सार्थकता पायो।

‘म यो वर्ष युरो भिजन मिस गरिरहेको छु,’ उनीहरूबाट प्रभावित मारियाले भनिन्। उनीहरूको त्यसै सहरमा भेट भएको थियो। उनले अगाडी भनिन्, ‘यो कुरा युक्रेनमा अझ महत्त्वपूर्ण छ। हामी युद्ध जितेर यो हेर्न चाहन्छौ। त्यस पछि हामी राम्रो मुडमा हुनेछौं।’

जेफ्रीलाई आफ्नो अभिभावक त्यहाँ पुग्ने हो या होइन भन्ने कुरामा शङ्का छ। उनले बताए अनुसार नाइजेरियामा युरो भिजन कसैले पनि हेर्ने छैनन्। उनी छानिनु भन्दा अगाडि नाइजेरियामा यस प्रतियोगिताका बारे खासै कसैले केही सुनेका पनि थिएनन्। उनले नै धेरै नाइजेरियाबासीलाई यसकाबारे बताएका थिए।
रुसले युक्रेनमा आक्रमण गर्ने जनाएसँगै जेफ्री पनि युक्रेनमा नै बस्ने निर्णय गरेका थिए। आन्द्रेइसँगको साङ्गीतिक सहकार्य नटुटोस् भन्नका खातिर उनले यो निर्णय गरेका थिए। यो एउटा समूहले अहिले युक्रेनलाई माथिल्लो उचाइमा लगेको छ। त्यसै समूहको यो सङ्गीतलाई युक्रेनी सेनाको आत्मबलसँग पनि जोडेर हेर्ने गरिएको छ।

सङ्गीत आफैमा शक्ति हो भन्ने कुरामा विगतमा पनि कुनै विवाद थिएन। अहिले यस समूहको त्यागको युक्रेनमा व्यापक चर्चा भएको छ। उनीहरूको फ्यान यत्ति धेरै छन् की सायद पोल गर्दा पनि उनीहरू लोकप्रियताको एउटा शिखर चढी सकेको प्रस्ट हुने छ।

उनीहरूको मत छ, संसारका सङ्गीतमा रहेको शक्ति एक दिन देखिने छ। उनीहरूको लक्ष्य छ युरो भिजनमा उनीहरूको सफलता रसियन हार खाएर युक्रेनबाट फर्केको दिन एकै पटक आउने छ। स्रोत : बीबीसी

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ८ : ३४ बजे

अर्धशतकबाट चुके सन्दीप, ४९ रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा सन्दीप

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा

प्रधानमन्त्रीलाई रविले आग्रह : न्युयोर्कबाट फर्कनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ७ विकेट

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको