यूएईमा नेपाली युवाले जिते ७० करोडको चिठ्ठा « Khabarhub

यूएईमा नेपाली युवाले जिते ७० करोडको चिठ्ठा



दोहा  – रोजगारीको लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका एक नेपाली युवालाई २० मिलियन दिराम (नेपाली झण्डै ७० करोड रुपैयाँ)को चिठ्ठा परेको छ।

पदम नाम गरेका नेपाली नागरिकले ‘महजुज ड्र’ मार्फत पहिलो विजेता हुँदै यो रकम प्राप्त गरेका हुन् । स्थानीय पत्रिका खालिज टाइम्स्का अनुसार यूएईमा हरेक हप्ता हुँदै आएको ‘महजुज ड्र’ को १२४औं संस्करणमा पदमले यो रकम जितेका हुन् ।

पदमले ५,१०,४१, ४६ र ४९ नम्बरमध्ये पाँच वटै मिलाएर यति ठूलो रकम जितेका हुन् । बुधवार आफूले जितेको रकम बुझ्दै पदमले भने ‘मलाई अझै विश्वास लागिरहेको छैन ।’

विगत २३ वर्षदेखि यूएईमा सवारी चालकको काम गर्दै आएका पदमले अहिले यूएईमा गाडी चलाएर ५७ सय दिर्हाम अर्थात् २ लाख रुपैयाँ बराबर प्रत्येक महिना कमाउँदै आएका छन् ।

यसअघी गुल्मीका भरत विकले महजुजको लक्की ड्र् मार्फत ३५ करोड (१० मिलियन दिराम) चिट्ठा उपहार पाएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ९ : ०९ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।