साउनयता यूएईमा १ सय १७ नेपालीको मृत्यु « Khabarhub

साउनयता यूएईमा १ सय १७ नेपालीको मृत्यु


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दोहा – यूएईमा १ सय १७ जना नेपालीले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा यूएईमा सो संख्यामा नेपालीले ज्यान गुमाएका हुन् ।

यूएईमा रहेको नेपाली दूतावासले साउनदेखि चैतसम्म १ सय १७ जना नेपालीको शव व्यवस्थापन गरेको जनाएको छ । दूतावासका अनुसार साउनमा २४, भाद्र १६, असोज १०, कात्तिक ११, मङ्सिर १६, पुस १०, माघ ९, फागुनमा ८ र चैतमा १३ जनाको मृत्यु भएको हो।
अघिल्लो आर्थिक वर्ष २०७८-८९ मा यूएईमा १७४ जनाको ज्यान गएको थियो । जसमध्ये दूतावासले एक सय ६७ शव स्वदेश फिर्ता पठाएको थियो भने ७ वटा यूएईमै सतगत गरिएको थियो ।

यस्तै, यूएईमा रहेका नेपालीहरूले विभिन्न माध्यममार्फत गुनासो राख्ने क्रम पनि बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म ४ हजार १ सय ८९ जनाले फोन, इमेल र दूतावासमै गएर विभिन्न गुनासो राखेका छन् ।

साउनमा १४९, भाद्रमा ५३२, असोजमा ७१७, कात्तिकमा ४४९, मङ्सिरमा ६९४, पुसमा ३८९, माघमा ३७१, फागुनमा ३५५ र चैतमा ५३३ जनाले दूतावासमा गुनासो राखेका दूतावासले जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ९ : ४९ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी